सिमकोट : नेकपा माअोवादी केन्द्रले चंखेली गाउँपालिका अध्यक्ष पदको उम्मेदवार चिट्ठाबाट छनौट गरेको छ । अध्यक्षका लागि ८ जना आकांक्षीको नाम गाउँ कमिटीमा सिफारिस गरेपछि उम्मेदवार छान्न गोलाप्रथा गरिएको थियो ।
आगामी बैशाख ३० हुने स्थानीय निर्वाचनको लागि चंखेली गाउँपालिकाले गोलाप्रथाबाट अध्यक्ष छनौट गरेको माओवादी केन्द्रले जनाएको छ । सो पार्टीले गोलाप्रर्थामा आकांक्षी मध्य दुुई जनालाई सहभागी गराउँदा गोविन्दबहादुर शाही (प्रज्वलन)लाई छनौट गरेको जनाएको छ ।
गोलाप्रथामा सहभागी अर्का आकांक्षी सुरविर ऐडी (पीडित) थिए । उक्त गाउँपालिकाबाट माओवादी केन्द्रको कमिटीबाट ८ जना अध्यक्षको आकांक्षी रहेको चंखेली गाउँपालिका गोलाप्रथा गरी शाहीलाई छनौट गरेको हो ।
अध्यक्षका आकाक्षीहरु गोविन्दबहादुर शाही, कालीबहादुर बुढा, कुलप्रसाद चौलागाई, अजबिर बुढा, वर्षबहादुर शाही,शेरबहादुर पाल,धुर्बबहादुर शाही,सुरबिर ऐडी रहनुु भएको थियो ।
गोलाप्रथाबाट टिकट वितरण गरेपछि असन्तुष्टि जनाउनथालेका छन् । गोलाप्रर्था गर्ने कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य विजय भण्डारी र छक्कबहादुर लामा लगायतको सहभागिता थियो ।
हुम्लाको ताजाँकोट, अदानचुली, सर्केगार्ड, खापुनार्थ, सिमकोट, नाम्खागाउँपालिकाभने विवादित देखिएको छ । अर्का अध्यक्षका आकांक्षी धुबबहादुर शाहीले आध्यात्मिक चिन्तन बोकेर गोलाप्रथा गरी विचार सकिएर टिकट वितरण गरेको गुनासो गरेका छन् । शाही र माओवादीको पूर्व जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य सदस्यला लकेश जैशी बिच हात हालाहालको अवस्था आएको थियो ।