फाइल फोटो
खलंगा : जुम्लाको सार्कीवाडामा लागेको आगलागीबाट चारजना बालबालिकाको मुत्यु भएको छ । तिला गाउँपालिका–३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको घरमा आगलागी हुँदा चार बालबालिका आगोमा परेर मृत्यु भएको हो ।
जुम्लाको तिला गाउँपालिका–३ सार्कीवाडामा रहेको मानसिहं नेपाली तिन तलाको घरमा शुक्रबार राती आगलागी भएको हो । आगलागाी पीडित मानसिहंकी १४ वर्षकी भाञ्जी तिर्साना सार्की, ११ वर्षकी छारी अनु सार्की, ३ वर्षकी छोरी दर्शना सार्की र एक वर्षको छोरा दिपेश सार्कीको जलेर मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार आगलागीकाबाट ४ वटा मानविय क्षेती भएको छ ,। तिनतलाको घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक भुवन भट्टका अनुसार मृत्यू हुनेमा आगलागी पीडित सार्कीका एक छोरा, दुई छोरी र एक जना भान्जी रहेका छन । मानसिंह सार्की र निजकी श्रमिति फागुनी सार्की, बहिनी रुन्चकली सार्की समेत वेहोस् अवस्थामा छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
त्यस्तै आगो नियन्त्रणका लागि भने मध्यरात प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहित नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना ,र त्यहाँका स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जुम्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दुरीको टाढामा रहेको पर्ने सो गाउँमा आगलागीको कारण खुल्न सकेको छैन । प्रहरी निरिक्षक भुवन भट्टले भने, आगो के कसरी लाग्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।
त्यहाका स्थानीय जयलाल कठायतका राति ११ः२० बजे तिर आगलागी भएको थियो । जिल्ला प्रहरीलाई भने राति ११ः४५ बजे आगलागी भएको जानकारी आएको थियो । आगलागी बाट तिनतलाको घर लत्ता कपडा ,अन्नपात लगाय सबै सामान जलेर नष्ट भएको छ । क्षेतीको एकिन विवरण आउन बाँकी छ ।
यो पनि..