सुर्खेत बड्डीचौरका पवन थापा पछिल्लो समय वैकल्पिक राजनीतिमा चिनिदो नाम हो । सानै उमेरमा भइरहेका पार्टीभन्दा केही फरक र नयाँ गतिविधि गर्ने स्वभावका थापाले यसपटक स्थानीय तहको चुनावमा उम्मेद्वारी घोषणा गरेका छन् । बराहताल गाउँपालिका ५ को वडाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका थापाले राजनीतिलाई सेवा र युवालाई विकासमा केन्द्रित गराउन वातावरण बनाउने योजना बनाएका छन् । राजनीतिक खिचातानीका कारण युवालाई अवसर दिन हिच्किचाइरहेका बेला उनी आफै राजनीतिमा युवाको प्रवेश मात्रै होइन, आमूल परिवर्तनका लागि होमिएका छन् । काठमाडौँमा विवेकशील नेपालीबाट स्वतन्त्र राजनीतिक यात्रा थालेका उनी केही समयअघिसम्म विवेकशील साझा पार्टीको केन्द्रीय संगठनमा रहेर पनि काम गरेका थिए । तर अहिले रवीन्द्र मिश्रको योजना र विचारसँग मत नमिलेपछि उनी पार्टी छाडेर स्वतन्त्र बनेका छन् । र, स्वतन्त्र उम्मेद्वारी दिने उनको तयारी छ । सुर्खेत उपत्यकाबाहिर पनि वैकल्पिक राजनीतिको जग बसाल्ने प्रयासमा लागेका युवा नेता पवन थापासँग जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंशः
बैकल्पिक राजनीतिमा सक्रिय रहेर यसरी चुनावी मैदानमा लड्ने गरि राजनीतिमा आउन कुन कुराले प्रेरित गर्यो ? आवश्यकता सम्झेर आउनु भएको हो कि आफैँ बाध्यतामा परेर ?
अहिले हामीले अटेर गरेको हो । युवाको हस्तक्षेप जे कुरामा पनि युवा नै हुन् । ५० वर्ष कटेको युवा भन्ने । ५५ देखि ६० वर्षकोलाई युवा भन्नुपर्ने बाध्यता छ । पटक–पटक उहाँहरु नै आउनु भयो । तर, परिर्वतनको नाममा खोक्रो नाराबाहेक अरु केही पनि भएन । युवा नै किन भन्दा अब चाँही किन आउनुपर्छ भन्दा युवाले सवक पनि सिकाउनुपर्छ । युवाको काम पैँसा कमाउन भारत र खाडी जाने मात्र होइन । भारतमा मात्र जाने होइन, भर्ती हुन मात्र जाने होइन । युवाको काम भनेको समाज बनाउने पनि हो । त्यही भएर युवा अगाडी आएको हो । मुख्य आउनुको कारण भनेको समाज व्यवस्थापन गरेर शिक्षामा सुधार ल्याउने । मेरो समदाय भनेको पनि पीछडीएको समुदाय हो त्यो समुदायलाई पनि अगाडी ल्याउन सकिन्छकी भनेर अगाडी आएको हो ।
वडाको विकासमा तपाईको योेजना के छन् ?
मेरो वडाको विकासमा अहिलेको योजना भनेको बाटो घाटो समेटेको छैन । किन त भन्दा मेरो सबैभन्दा मुख्य पाटो भनेको शिक्षा हो । मैले वडाध्यक्ष जिते भने पाँच वर्षमा पाँच जना एमबीबीएस डाक्टर खडा गर्छु । पाँच जना इन्जिनियर खडा गर्छु । पाँच जना वडास्तरका सचिवहरु खडा गर्छु । त्यसपछि मेरो वडालाई काठमाडौकै स्तरको सामाजिक विद्यालय बनाउछु । त्यही अनुसारको रिजल्टको रेङकिङ्कसम्म लैजान्छुु भन्ने योजना छ ।
चुनाव नजिक आउँदा सबैजसो उम्मेद्वारले यस्तै भन्ने गर्छन् । तपाईका योजना पनि गफमा त सीमित हुँदैनन् नि ?
यस्मा म चाहीँ के भन्छु भने मेरो व्यवसाय भनेको फिल्म बनाउने हो । म मज्जाले फिल्म बनाएर बस्न पनि सक्छु । मलाई यहाँ आएर घरघरमा गएर कसैको मतलब छैन । कसैको जरुरी पनि छैन । जरुरी छ होला किन कि म समाज सेवा रुचाउने हुनाले र समाजसँग भिज्न चाहना छ । नत्र कसैको कसैलाई झुटा आश्वासन दिएर जरुरी छैन जस्तो लाग्छ । अर्को किन पनि हो भने कोभिडका बेला पनि हामीले थुप्रै काम ग¥यौँ । खानाबाड्ने देखि लिएर भाडा अभियानसम्म पनि काम ग¥यौँ । वास्तवमा यो चाहीँ चुनावको लागि थिएन । मैले काम गर्ने भनेको चुनावमा देखाउन होइन । त्यसैले चुनाव जितियोस् नजितियोस् हामीलाई बाल छैन । फेरी कहाँनेर बाल छ भन्दा एउटा वडाको मान्छे पढ्न पाओस् । मेरो वडाको मान्छे कोही पनि पढ्न पाइएन भनेर भारत जाने स्थिति नआओस् । मैले चुनावलाई हेरेकै छैन । कम्तीमा युवाले नै समाज बनाउने कामको नेतृत्व गर्नुपर्छ भन्ने हो । मैले आजभन्दा दश वर्ष पछिको लागि सोचेर राजनीतिमा आउने र वडाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको हुँ ।
महिला बालवालिकाको सवालमा तपाईका योजना के कस्ता छन् नी ?
मैले उहाँहरुलाई मलाई भोट दिनु भन्दै गर्दा यदि तपाईको छोरी चेली, राती दश बजे बड्डीचौर बजारमा हिड्न सक्छन् कि सक्दैनन् । यदि सक्दैनन् भने मलाई भोट हाल्नुस् । यदि सक्दैनन् भने त्यो वातावरण म बनाउछु । तपाई सुर्खेतदेखि बड्डीचौर जानुभयो भने विद्यार्थीका आइडी कार्ड देखाएर ५० प्रतिशत छुट दिन्छु । अनि अर्को कुरा हामीले बिजुली बस पनि चलाउने भनेका छौँ । महिलाको सुरक्षाको लागि मेरो टोल भरी सीसी टीभी क्यामेरा जडान गर्ने भन्ने योजना रहेको छ । त्यसपछि सामाजिक न्यायका विरुद्धमा, महिलालाई कसरी उजागर गर्ने । अहिले पनि राम्रो राम्रो कार्यक्रम वडा स्तरमा आइरहेका छन् । त्यसैले त्यस्ता कार्यक्रममा पनि महिलाहरुको प्रत्यक्ष सहभागिता गराउने छौँ । अन्य एमबीबीएस र नर्स पढ्न चाहने इच्छुक छात्रालाई ५० हजार थप दिन्छ । अनि बालबालिकाका लागि विद्यालय मातहतमै आउने भयो । विद्यालयमा बालवालिकालाई राम्रो शिक्षा दिन ध्यान केन्द्रित गर्नेछौँ ।