२०७४ वैशाख ३१ गते निर्वाचन भयो । हामी निर्वाचित भइसकेपछि तत्काल हामीले धेरै समस्या तथा कठिनाइहरु भेग्नुपरेको थियो । काम गर्ने मेलोमेसो थाहा थिएन । हामीसँग दरबन्दी अनुसारका कर्मचारी नपाउदा झन् समस्या भयो ।
त्यसपछि हामीले कार्यविधि बनाएर नेपाल सरकारबाट कर्मचारी नपठाउदासम्म करारमा पनि कर्मचारी लिएर पनि काम गर्नुप¥यो भनेर योजना बनाएपछि कर्मचारीलाई करारमा पदपूर्ति गरिसकेपछि सेवा प्रवाह पनि सुरु भयो । धेरैजसो समस्या र चुनौती नै रहे ।
विकास निर्माणका कुरा देखि जनतालाई दिने सेवाहरुको बारेमा अवधारणासहितको काम ग¥यौे । जतिबेला २०७४ साल पहिले जनताका समस्या अनुभुत नहुने खालका थिए । त्यस्पछि जनतालाई अनुभुत हुने गरी काम गरेका छौँ । राज्यले गर्नुपर्ने काम यस्तो हुनेरहेछ भन्ने मान्छेलाई महशुस हुने गरी काम गरेका छौँ ।
हिजोभन्दा बदलियो ठाटीकाँध
लामो समयदेखि नेपालमा मानिसहरुलाई विकास निर्माणका कुराहरु र आफ्ना चाहनाहरु थिए । पन्चायत कालमा विकास निर्माणका कामहरु हुन सकेका थिएनन् । यस्तो किसिमले स्थानीय तहका कामहरु हुन सकिरहेका थिएनन् ।
२०४७ साल पछि पनि अधिकारका रुपमा अधिकार पाए । तर विकास निर्माणका कुराहरुमा त्यसपछि हुनुपर्ने जनताका सेवासुविधाका कुरामा जस्तो हुन पर्ने थियो । त्यस्तो हुन सकेकोे थिएन । र पहिलेका स्थानीय तहले अनुभूत गराउन सक्ने वातावरण पनि थिएन ।
र, उनीहरुसँग अधिकार पनि थिएन । त्यसपछि २०५१ सालमा मनमोहन अधिकारीको सरकार आएपछि केही अनुभुत हुने कुरा भएका थिए । लामो समयसम्म नेपाली कांग्रेसको सरकार भएका बेला जसरी तलका स्थानीय तहलाई अनुदान दिनु पथ्र्यो । बजेट बिनियोजन गर्नुपथ्र्यो त्यो हुन सकेको थिएन । २०६२÷०६३ को आन्दोलनपछि नयाँ बनेको संविधानमा एक किसिमको संरचना तयार भयो र २०७४ सालमा निर्वाचनमा गएर हामीले काम ग¥यौँ ।
जति मान्छेहरुका चाहना थिए । आवश्यकता थिए । ती सबै पुरा गर्न नसकेपनि आधारभुत आवश्यकताहरुमा हामीले काम गरेका छौँ । त्यसै गरी ठाटीकाँध गाउँपालिकावासीले पनि गाउँपालिकाको अनुभुति गर्न पाएका छन् ।
जस्तै पहिले ठाटीकाँध गाउँपालिकामा २० किलोमिट त्यो पनि ४/५ मिटर सडक बनेको थियो भने अहिले १६० किलोमिटर सडक पुगेको छ । टोलटोलमा सडक पुगेको छ । हिजो यहाँका जनताहरु बिरामी हुँदा डोकोमा बोकेर लैजानुपर्ने समस्या थियो ।
अहिले त्यो समस्या हटेको छ । यस्ता कुरालाई काम नै नभएको भन्ने हुँदैन । हिजो हाम्रो तीन ठाउँमा मात्र स्वास्थ्य संस्था थिए भने आज सात वटा ठाउँमा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरेका छौँ । जति काम गर्नु पथ्र्यो । त्यति काम गर्न सकिएको छैन । हिजो भन्दा आज धेरै फरक बनेको छ, ठाटीकाँध ।
अनुदानबाट जीवनस्तर परिवर्तन
ठाटीकाँध गाउँपालिकालाई वास्तविक गाउँपालिका बनाउन सडक, शिक्षा, स्वास्थ्यमा थुप्रै कामहरु भएका छन् । सडकमा मैले टेक्निकल कुरा गर्दा अनौठो मान्लान् । सडक प्राविधिक हिसाबले दुर्घटना नहुने ग्रेड मिलेका सडक बनाएका छौँ ।
मापदण्ड पु¥याएर बनाएका छौँ । दीर्घकालिन योजनाका साथ तयार पारेका छौँ । खानेपानीका संरचना बनेका छन् । पालिकाभित्र ३९ वटा विद्यालय थिए । शिक्षक दरबन्दी नभएका गाउँपालिका भनेको हाम्रो ठाटीकाँधमै हुन । विद्यार्थी अनुपातमा हामीले शिक्षक दरबन्दीको व्यवस्था गरेर अनुदान रुपमा ठुलो खर्च हुन्छ ।
एक वर्षमा अनुदानकै रुपमा एक वर्षमा साढे चार करोड खर्च हुन्छ । गएको वर्षबाट हाम्रो नौ वटा विद्यालय बाँकी थिए । स्वास्थ्य सेवालाई आधारभुत स्वास्थ्य सेवाका रुपमा यो वर्षबाट भवन बन्दै छन् । छ वटा वडा रहेको यहाँ आठ वटा स्वास्थ्य सेवा बनाएर सेवा दिएका छौँ । यी यस्ता थुप्रै विकास गरेका छौँ । सबै वडामा सडक पुग्दा सबैलाई सहज भएको छ ।
पत्येक मानिसहरुलाई समुहमा जोडेर कृषकको जीवनस्तर सुधार गर्ने गरी काम अघि बढाएका छौँ । त्यसपछि ३३ वटा वनलाई व्यवस्थित गर्ने गरी अघि बढेका छन् । यहाँका मानिसहरुको जीवनस्तर सुधारमा एक किसिमको आधारभुत कुराहरु गरेका छौँ ।
शिक्षा, स्वास्थ्य र विजुली बत्तीको विकास
चुनावी घोषणा पत्रमध्ये एउटा शिक्षा हो । शिक्षाका भवनहरु थिएनन् । भवन निर्माण र शिक्षक व्यवस्थापन गर्ने काम गरेका छौँ । अर्को स्वास्थ्य भनेको थियौँ । पालिकाका सबै वडामा स्वास्थ्य संस्था पुगेका छन् । अर्को ठाटीकाँध डाँडामा १५ सैयाको एउटा अस्पताल भवन बन्दै छ । ५० बेडको आइसोलेशन भवन बनाउदै छौँ ।
यी र यस्ता किसिमका काम भएका छन् । अर्को यातायातमा सबैभन्दा समस्या रहेका सडक थियो । सडक समस्याका अन्त्य गर्दै सडक बनाएका छौँ । खानेपानी, वन व्यवस्थापनका कुरा थिए । ती पनि पुरा गरेका छौँ ।
वनलाई पुर्ण रुपमा सुधार गर्न सकेका त छैनौँ । तर पनि धेरै काम भएका छन् । हिजो हामीले बाचा गरेका बत्तिका कुरा थिए । बत्तिको काम पनि भइरहेको छ ।
काम गर्दाका चुनौति
म ठाटीकाँध गाउँपालिका अध्यक्ष भएर गर्न नसकेका कामहरु भनेको कृषिमा एक किसिमको अर्गानिक बनाएर अगाडी लैजाने कृषिलाई गाउँपालिकाको कृषि उत्पादनलाई ठुलो कृषि हबका रुपमा अगाडी बढाउने योजना थियो । अर्गानिक क्षेत्र बनाउने सोचेका थियौँ । तर त्यो भएन ।
अर्गानिक बनाउने कुरामा हाम्रो यहाँ विषादी, रसायनिक मलहरु प्रयोग गर्न दिएका छैनौँ । र, दिदैनौँ । तर किसानहरुलाई जसरी कृषि क्षेत्रमा सहयोग गर्नुपर्ने थियो । त्यो गर्न सकेनौँ । यो वास्तवमा यसो नगरेसम्म किसानको जीवनस्तरमा सुधार हुन सक्दैन ।
१४० किलोमिटर सडक हामीले बनायौँ । जुन प्रदेश सरकारले बनाउनु पर्ने थियो । ठुला ठुला खानेपानी योजना प्रदेश सरकारले गर्नु पर्ने काम हामीले पालिकाबाट गरेका छौँ ।
चेतनास्तर वृद्धि गर्न सकेनौँ
ठाटीकाँध गाउँपालिकाको अध्यक्ष हुँदै गर्दा काम गर्ने क्रममा अवरोध त भन्दिन । तर चेतना स्तरअनुसार मलाई सहयोग नै भएको छ । सहयोग गर्ने कुरामा यहाँका नागरिक लगायत सबैबाट सहयोग नै भएको छ ।
मेरो पार्टी नेकपा एमालेबाट ठाटीकाँध गाउँपालिका अध्यक्ष हुँदै गर्दा यहाँका नेपाली कांग्रेसका साथीहरु, नेपाल मज्दुर किसान पार्टी, नेकपा माओवादीका साथीहरुले सहयोग नै गर्नुभएको छ । मलाई त्यस्तो किसिमको असहयोग गरेको भन्ने लाग्दैन ।
सहयोग नै भयो । सबैले सहयोग विश्वास गर्नुभएको छ । तर यो चेतना स्तर कति छ, कति बुझेका छन् यो दाजोमा हामीले हेर्ने हो भने चेतना स्तर वृद्धि हुन सकेको छैन । विभिन्न किसिमका समस्याहरु छन् । असहयोग भन्ने महसुस नै भएन ।
(‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ अन्तर्गत दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको पाँच वर्षे कार्यकालको अनुभव सहकर्मी जितेन्द्र थापासँगको कुराकानीमा आधारित)