फोटो : गठबन्धनको तर्फबाट सिमकोटका उम्मेदवार/शुशिला रोकाया र विजयी भण्डारी
सिमकोट : हुम्लाका सात वटा मध्ये छ वटा गाउँपालिका अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी पनि परेको छ । यसरी अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी पर्र्ने गाउँपालिकाहरुमा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, र ताँजाकोट गाउँपालिकाका अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी परेको हो ।
आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि दलहरुबाट स्वतन्त्र र दलको आआफ्नो पार्टीकातर्फबाट उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । विशेष गरी सत्ता गठबन्धन दल र नेकपा एमालेले बाझागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर उम्मेदवारी दर्ता भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुुसार, जिल्लाका सात वटै गाउँपालिकामा शान्तिपुर्ण रुपमा दलहरुकातर्फबाट मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।
कार्यालयका अनुुसार उत्तरी नाम्खा गाउँपालिका सत्ता गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा काँग्रेसका तर्फबाट तक्दीर लामाको उम्मेदवारी परेको छ । त्यसैगरि नेकपा एमालेबाट उपाध्यक्षमा नोरजाङ लामाको मनोनयन दर्ता भएको छ भने अध्यक्षमा स्वतन्त्रबाट सुुर्य लामा, माया लामा, कार्मातण्डुप लामाको उम्मेदवारी परेको छ ।

यता सदरमुुकाम समेत रहेको सिमकोट गाउँपालिकामा गठबन्धदन दलको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका बिजय भण्डारी र उपाध्यक्षमा काँग्रेसकी शुशिला रोकायाको उम्मेदवारी परेको छ ।
एमालेबाट अध्यक्षमा महेन्द्र बहादुर शाही र उपाध्यक्ष प्रतिमा लामा, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तीर्थराज रोकाया र उपाध्यक्षमा प्रेमा लामाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा स्वतन्त्रबाट नन्द बहादुर शाहीको परेको छ भने उपाध्यक्षमा दिपबहादुर सिंहको परेको छ ।
यता खार्पूनाथ गाँउपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर रावल र माओवादी केन्द्रकी लक्ष्मी कुुमारी योगी रावल , एमालेबाट प्रकाश बहादुर शाही र स्वतन्त्रबाट बिरजंग शाहीको रहेको छ भने र उपाध्यक्षमा दल र स्वतन्त्र गरि नौ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै सर्केगार्ड गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा नेपाली काँग्रेसबाट ठान बहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की, एमालेकोतर्फबाट अध्यक्षमा ज्ञामी बुमीको परेको छ । सो गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा मानदेब शाही रअकिल बुढा तथा उपाध्यक्ष ज्योती शाहीको मनोनयन दर्ता भएको छ ।
चङ्खेलीमा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका गोबिन्द शाही उपाध्यक्षमा काँग्रेसकी मैना बुढा, बाम समिकणका तर्फबाट एमालेकातर्फबाट अध्यक्षमा बिमला शाही र नेकपा एकिकृत समाजावदीबाट उपाध्यक्षमा प्रेमकला शाहीको उम्मेदवारी परेको छ ।
अध्यक्षमा स्वतन्त्र प्यारीलाल शाही र उपध्यक्षमा भैरब तामाङको उम्मेदवारी परेको छ । यता अदानचुलीमा गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका मोहन बिक्री सिंह र उपाध्यक्षमा कर्ण रोकायाका उमेदवारी परेको छ । एमालेको तर्फबाट अध्यक्षमा दलबहादुर फडेराको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट उपाध्यक्षमा लोकेन्द्र भण्डारीको उम्मेदवारी परेको छ ।
त्यसैगरि ताँजाकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माअोवादी केन्द्रका लालकेश जैशी र उपाध्यक्षमा काँग्रेसका सुरेन्द्र थापाको उम्मेदवारी परेको छ । अध्यक्षमा एमालेको अजमल बुढा र उपाध्यक्षमा चन्दादेवी ऐडीको उम्मेदवमरी परेको छ ।
अध्यक्षमा स्वतन्त्र गोपाल बुढा र अकबिर खड्का र उपाध्यक्ष तिलक शाहीको मनोनयन दर्ता भएको छ । यसअघि दलहरुले निर्वाचन अधिकृतको कार्यालयमा जानुु अघि बाझाघाझा सहित जुलुुस निकालेर बजार परिक्रम गरेका थिए ।