हामी निर्वाचित नहुनु पहिले र अहिलेको अवस्थामा धेरै भिन्नता छ । हाम्रो पालिकामा हामी निर्वाचित नहुनु पहिले हाम्रो पालिकाभित्र खानेपानी, विद्युत थिएन । खानेपानी व्यवस्थित थिएन । विद्यालय व्यवस्थित थिएनन् । स्वास्थ्यमा पनि त्यस्तै समस्या थियो । अन्य कृषिको क्षेत्रमा पनि निकै समस्या थिए । पालिकाको आन्तरिक स्रोतको पनि त्यस्तै समस्या थियो ।
हामी निर्वाचित भएर पालिकामा आएपछि भगवतीमाइ गाउँपालिकाको सबैभन्दा पहिले सदरमुकाम देखि छ वटा वडाहरुमा राष्टिय प्रशारणको लाइन पुगेको छ । ३३ सय ६३ वटा घरधुरी छन् । १८ सय घरहरुमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ ।
पाँचसय १६ वटा घरधुरीलाई पुर्ण सरसफाइयुक्त योजना क्षेत्र घोषणा गरिएको छ । विद्यालयका ५६ वटा पक्की भवनहरु बनेका छन् । नीजि स्रोतमा खोलिएका विद्यालयहरु १२ वटा विद्यालय समायोजन भएका छन् । त्यो भन्दा पहिले नीजि स्रोतमा शिक्षकको तलबको व्यवस्थापन थियो । त्यसलाई अहिले शिक्षाको ऐन नियमावली बनाएर विषयगत शिक्षकहरुको व्यवस्थापन गरिएको छ ।
र, अहिले सबै विद्यालयमा अनुदानको व्यवस्था गरेर कुनै पनि पनि शिक्षकलाई नीजि स्रोतबाट व्यहोर्नुपर्ने अवस्था देखिदैन । हाम्रो पालिकाभित्र स्वास्थ्य चौकीहरु सात वटा छन् । छ वटा वडाका स्वास्थ्य चौकीमा दरबन्दी अभाव थियो । अहिले सबैमा पुरा भएको छ ।
एउटा सामुदायिक इकाइ भनेर स्थापना भएको छ । त्यस्को पनि भवन बनिसकेको अवस्था छ । हामी निर्वाचित भएर आएपछि भगवतीमाई गाउँपालिकामा विकासका लागि थुप्रै राम्रा प्रयासहरु भएका छन् ।
भवन बनाएर शिक्षामा परिवर्तन
शिक्षाको क्षेत्रमा हाम्रो गाउँपालिकामा ५५ वटा पक्की भवनहरु बनेका छन् । पक्की भवनमार्फत विद्यालयमा पढाइको सुरुवात भएको छ । र, त्यहाँको विषयगत शिक्षकको दरबन्दीहरु स्थापना गरेर विषयगत शिक्षकको पनि व्यवस्थापन गरेका छौँ ।
शिक्षालाई गुणस्तरीय बनाउने कुरामा एउटा विद्यालय शैक्षिक सुधारका योजना निर्माण भएको अवस्था छ । नीजि स्रोतमा खोलिएका १२ वटा विद्यालय समायोजन भएका छन् ।
बेस्तडा बजारमा बत्ति बाल्यौँ
हाम्रो गाउँपालिकासम्म राष्ट्रिय प्रशारण लाइन जोडिएको छ । अहिले गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइन जोडिएर गाउँपालिकामा पालिकाको सदरमुकाम बेस्तडा बजारमा बत्ति बलिसकेको अवस्था छ ।
बाँकी वडा नम्बर १ देखि ६ सम्म २४ वटा ट्रान्सर्फर छन् । अब शाखा लाइनको लागि चार पाँच दिनमै हामी बत्ति बाल्छौँ । अहिले मिटर प्राप्त मात्रामा आउन सकेको छैन ।
हामीसँग दुई तीन सय मिटर त आइसकेको छ । त्यो दुई तीन सय मिटर पनि दुई तीन भित्र वितरण गरेर, त्यो बत्ति छ वटा वडामा र सात वडामा जिल्ला विद्युत कार्यालयबाट काम सम्पन्न गर्ने प्रक्रियामा छौँ ।
३३ सय ६३ घरधुरीमा खानेपानी
खानेपानीको सन्र्दभमा हाम्रो गाउँपालिकामा ३३ सय ६३ घरधुरी हो । यी घरधुरीमध्ये १९ सय घरधुरीमा एक घर, एक धाराको नीतिमार्फत नीजि धारा बनाएका छौँ ।
बाँकी रहेका घरधुरीमा एउटा प्रोजेक्टसँग गाउँपालिकाले साझेदारी गरेर बाँकी रहेका घरधुरीमा स्वच्छ खोपानीको पहुँच पु¥याउने भनेर हामीले सम्झौता गरिसकेको अवस्था छ ।
किसानहरुलाई उत्पादनमा जोडेका छौँ
पालिकाभित्र रहेको कृषि क्षेत्रलाइ उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेर किसानले उत्पादन गर्छ त्यस्ले अनुदान पाउछ भन्ने नीति बनाएर अहिले हामीले व्यवसायिक रुपमा किसानहरुलाई उत्पादनमा जोडेका छौँ ।
र, किसानहरु त्यसरी नै कृषि क्षेत्रमा अगाडी बढेको अवस्था छ र बजार देखि लिएर उहाँहरुले उत्पादन गरेका बस्तुहरुलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा सुरक्षित पुर्वाधारहरु बनेको अवस्था छ ।
कृषि पर्यटकहरुलाई पनि कसरी यहाँ भित्रउन सकिन्छ भनेर पालिका भित्र विभिन्न पकेट क्षेत्रहरु पनि रहेका छन् । आलु पकेट क्षेत्र, टिमुर पकेट क्षेत्र घोषणा गर्दै अगाडी बढ्ने क्रममा छौँ ।
सात वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी
पलिकाभित्र रहेको स्वास्थ्यको कुरा गर्दा पाँच वर्षमा धेरै राम्रा कामहरु भएका छन् । पहिले स्वास्थ्यमा निकै समस्या र चुनौती थिए । अहिले ति समस्या र चुनौतीलाई टाढा बनाएका छौँ । अहिले सातवटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी बनिसेका छन् ।
त्यहाँ भएका सबै दरबन्दीहरु छन् । र भगवतीमाई गाउँपालिकाका् सन्तडामा १० सैयाको भगवतीमाई हस्पिटल निर्माण भएको छ । त्यहाँ डाक्टरहरुको व्यवस्थापन गरेका छौँ । र त्यहाँबाट अहिले नागरिकले सेवासुविधा लिइरहेका छन् ।
पर्यटनका लागि पूर्वाधार निर्माणमा जोड
हाम्रो भगवतीमाई गाउँपालिका पर्यटनका दृष्टिकोणले महत्वपुर्ण पर्यटकीय सम्भावना बोकेको र थुप्रै पर्यटकीय क्षेत्र रहेको पालिकाभित्र पर्छ । पर्यटनका लागि पुर्वाधार निर्माण हो । हामील्े पहिले पुर्वाधारमा जोड दिएका छौँ । पर्यटन विकासका लागि सबैभन्दा पहिले पुर्वाधार निर्माण गर्नुपर्छ । नीजि क्षेत्रसँग समन्वय गरेर होटेलहरु निर्माण गर्ने गरेका छौँ ।
पालिमा मयाराम पार्क निर्माणको क्रममा रहेको छ । हाम्रो शिरानमा विभिन्न माइका मन्दिरहरु छन् । ति धार्मिक पर्यटकीय क्षेत्र चुलाकोट मालिकाबाट सिस्ने जलजला हिमाल अवलोकन गर्न सकिन्छ ।
त्यस्लाई पनि पर्यटनको सर्किटमा जोडेका छौँ । अर्को स्वर्गद्धारी छ । त्यो ठाउँमा चमेरो गुफा लगायतका धार्मीक पर्यटकीय स्थलहरु छन् । त्यस्लाई पनि धार्मीक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका छौँ ।
चुनौति र समस्याको विषय
हाम्रो गाउँपालिका हेर्दा वित्तिय सुशासनमा नेपालकै दोस्रो स्थानमा छौँ । हाम्रो स्व मुल्याङ्कनका हिसाबले कर्णाली प्रदेशको तस्रो स्थान र दैलेख जिल्लाको दोस्रो स्थानमा रहेका छौँ ।
अहिले हामी सुचकका हिसावले स्वमुल्याङ्क, सुशासनका क्षेत्रमा हामी नेपालकै टपटेनमा रहेका छौँ । र टपटेन भएकै हिसावले अहिलेसम्म हाम्रो बजेटमा पनि जुन संघीय सरकारको पठाउने बजेटमा पनि वृद्धि भएको छ ।
संघीय सरकार र प्रदेश सरकारबाट भएको सहयोग
संघीय सरकार भन्दा पनि प्रदेश सरकारसँग समन्वय र सहकार्य हुन सकेन । प्रदेश सरकारबाट जाने योजना हुन ति सिस्टमबाट गएनन् ।
अहिले प्रदेश सरकारल सुरुवात गरेको छ र आगामी दिनमा आवश्यक्ता र औचित्यका आधारमा प्राथमिक रुपले मात्रै योजना समावेश गर्नुपर्छ भन्ने लाग्छ ।
(समृद्ध कर्णाली विकासको जग हाल्ने संघीयताको पहिलो कार्यकालका जनप्रतिनिधि दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाको विचार जितेन्द्र थापासँगको कुराकानीमा आधारित)