सुर्खेत : कर्णाली प्रदेशका दश जिल्लामा हालसम्म १३ हजार १ सय २६ जनाले विभिन्न पदमा मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार, नगरपालिकाको प्रमुखमा १ सय ७४ जनाले मनोनयन दर्ता गराएका छन् ।
३ सय ३ जनाले गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् भने नगरपालिका उप–प्रमुखमा १ सय ५४ जनाले मनोनयन दर्ता गराएका छन् ।
गाउँपालिका उपाध्यक्षमा २ सय ७७ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले सार्वजिक गरेको कर्णाली प्रदेशको विवरण अनुसार, ३ हजार १ सय २१ जनाले वडाध्यक्ष पदमा मनोनयन गर्दा गराएका छन् । यस्तै महिला वडा सदस्यमा २ हजार २ सय ८५ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै दलित महिला सदस्य पदमा १ हजार ९ सय ६३ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै अन्य सदस्यमा ४ हजार ८ सय ४९ जनाले दर्ता गराएका छन् । विभिन्न पदका लागि कर्णाली प्रदेशका दश जिल्लाहरुमा दिउँसो १२ः ३० सम्म १३ हजार १ सय २६ जनाले मनोनयन दर्ता गराएका हुन् ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।
वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।