सिमकोट : निर्वाचन समपन्न गर्न हिमालपारीको गाउँ लिमीमा खटिएको मतदान अधिकृतसहितको टोली सशसस्त्र प्रहरी सीमा सरक्षा बलको सहयोगमा नारा लेक पार गर्न सफल भएको छ ।
अहिले पनि नारा लेकमा हिउँ छ । त्यसैले त्यहाँबाट सिमाल पारीको गाउँ लिमी पुग्न नारा लेक काट्नुपर्छ । उक्त लेक काट्न सशस्त्र प्रहरीको सहयोगमा निर्वाचन अधिकृतको टोली हिमाल पारीको गाउँ लागेको छ।
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका डीएसपी गेहेन्द्र भण्डारीका अनुसार, नारा लेकमा अहिले पनि तीन फिट हिउँ जमेको छ । मतदानमा खटिएका कर्मचारीलाई हिल्सामा रहँदै आएका सशस्त्र प्रहरीले सहयोग गरेको हो ।
चार हजार आठ सय मिटर अग्लो नारा लेकबाट मतदानमा खटिएका कर्मचारीलाई पार गर्न सात जना सशस्त्र हिल्साबाट खटिएका हुन् ।
सशस्त्र प्रहरीले हिउँले पुरिएको सडकमा मानिस हिड्न सक्ने बाटो समेत निर्माण गरेको थियो । कतिपय स्थानमा प्रहरीले एक एजना गरि कर्मचारीलाई हिउँमा पार गराउने गरेको थियो ।
डीएसपीका अनुसार, सशस्त्र प्रहरीको सहयोगमा कर्मचारी सबै लेक पार गरेर हिल्सा पुग्न सफल भएका छन् । मतदानमा खटिएका कर्मचारीलाई नारा लेक पार गर्न समस्या हुने देखिएको बेला सशस्त्र प्रहरी बलको सहयोगले समस्या समाधान भएको छ ।
सशस्त्र प्रहरी हिल्सामा नभएको भए कर्मचारीलाई लिमीजान समस्या देखिएको थियो । निर्वाचन गराउने टोली नाराको हिउँ पार गरेपछि ठुुलो समस्या समाधान भएको छ ।
आयोगले हेलिकोप्टरको व्यवस्था नगर्दा कर्मचारीलाई पैदल हिड्नुुको अर्को विकल्प थिएन । लिमीमा तीन वटै मतदान केन्द्रका लागि कर्मचारी र सुरक्षाकर्मी गरि ४५ खटिएका छन् ।