सिमकोट : मंगलवार बिहान भएको नमूना मतदान कार्यका उल्लेख्य मत बदर हुने देखिएको छ । निर्वाचनमा भाग लिएका राजनीतिदलहरुले मतदातालाई मतदाता शिक्षा नदिनुु र राज्यबाट त मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन नगर्दा धेरै मत बदर हुने पाइएको छ ।
नमूना मतदान कार्यमा आधा जति कर्मचारी र सञ्चारकर्मीहरुले मतहाल्दा पनि बदर मत बढि देखिएको हो । यसरी नमूना मतदानमा बदर देखिएपछि सरोकारवाला पक्षद्धारा चिन्ता व्यक्त गरिएको छ । मुुख्य निर्वाचन अधिकृतको कार्यालयले नमूना मतदान कार्य गर्दा बदर मत देखिएपछि सो चिन्ता व्यक्ति गरिएको हो ।
नमूना मतदान कार्यमा सहभागी प्रमुख जिल्ला अधिकारी सीता परियारले मतदाताको अवस्था हेर्दा यस पटक हुुम्लामा बदर मत बढ्ने आशङ्का व्यक्त गरिरन् ।
नले मतदातालाई मतदाता शिक्षा नपुुगेको बताउँदै नमूना मतदान गरिएको स्थानमा मतदान गर्ने मतदाताले हालेको मत हेर्दा अवस्था दयनीय देखिएको जानकारी दिइन् । यसमा विशेष गरि जेष्ठ नागरिक र महिलाहरुले बढी मत बदर गरेको पाइएको थियो ।
मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले राजनीति दलहरुबाट पनि मतदातालाई शिक्षा नदिएको र राज्यबाट पनि सो शिक्षा नदिएको कारण बदर मत बढी देखिएको बताए । कार्यालयले गरेको नमूना मतदान कार्यमा ५९ मत खसेकोमा दश मतबदर आएको थियो ।
कुुल खसेको मतमा बीस जना कर्मचारी र सञ्चारकर्मी भएको कारण अझ कम मत बदर देखिएको बताउँदै उनले वास्तविक मतदाताले मात्र मतहालेको भए यो सङ्ख्या अझै बढ्ने चिन्ता ब्यक्त गरे ।
उनले हुुम्ला जिल्लामा मतदाता मत हाल्ले तरिका दयनीय अबस्था रहेको नमूूना मतदान कार्यले देखाएको बताउँदै यसका लागि सबै मतदान केन्द्रमा खटिएका कर्मचारीलाई परिचय पत्र वितरण गर्ने दिन, मतदाता शिक्षा दिन, निर्देश नदिएको जनाइएको छ । नमूना मतदान कार्यमा भएको बदर मतको अवस्था सोह्र दशमलव ९४ प्रशितत आएको थियो ।
यसमा अध्यक्षपदका लागि पाँच प्रतिशत आठ, उपाध्यक्षमा एक दशमलव ६९, वडा अध्यक्षमा छ दशमल ७७, महिला सदस्य पदमा पाँच दशमलव ०८, दलित महिला सदस्यमा छ दश मलव ७७ र खुुल्ला सदस्यपदमा तीन दशमलव साठी प्रतिशत बदर मतपाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा हुम्ला जिल्लामा सोह्र प्रतिशतमत बदर भएको थियो । मङ्गलबार राती १२ बजेबाट सुन्ने समय सुुरु हुने भएको कारण दलहरुबाटप्रचार प्रसार गर्न पाईने छैन् ।