फाइल फोटो
सिमकोट : नेपाली कांग्रेसतर्फबाट सिमकोट गाउँपालिकाको उपाध्यक्ष पदमा शुुशिलाभाम रोकाया उम्मेदवार छन् । उनले सबै मतदातालाई निर्भय र लोभलालचमा नपरेर मतदान गर्न अपिल गरेकी छन् ।
गाउँपालिका बनाउन योग्य र सक्षम नेतृत्व आवश्यक पर्ने बताउँदै उनले यसका लागि अहिले सोचेर विचार पुर्याएर मतदात गर्न सबै मतदातासँग अपिल गरेकी हुन् ।
३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि उनी नेपाली कांग्रेसको टिकटबाट उपाध्यक्ष पदको चुनावी मैदानमा रहेकी छन् । उनलाई गठबन्धन दल नेकपा माओवादी केन्द्रको पनि सर्मथन रहेको छ । उनले आफ्नो अपिलमा सबै मतदातालाई योग्य र सक्षम उम्मेदवारलाई छान्न अनुरोध गरेकी छन् ।
सिमकोट गाउँपालिकाकाको उपाध्यक्ष पदमा उनीसहित चार जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा गठबन्धनबाट उनी रहेकी छन् भने एमालेबाट प्रतिमालामा र राप्रपाबाट लक्ष्मी रावतउम्मेदवार छन् भने काँग्रेस निकट दिपबहादुुर सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
उनले आफ्नो अपिलमा पछि पछुुताउनुु भन्दा अहिले नै सोच बिचार गरेर मतदातालाई मतदान अर्ग आग्रह समेत गरेकी छन् । महिलाविरुद्ध हुने सबै खाले हिंसाको आवाज उठाउन समेत आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ ।
उनले आफ्नो अपिलमा यस कार्यकालागि सहयोग पनि अनुुरोध गरेकी छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि शुुशिलालाई उपाध्यक्ष नै उपाध्यक्ष पदमा उठाएको थियो । अहिले पनि कांग्रेसले उनलाई नै अगाडी बढाएको छ ।
उनले आफ्नो अपिल मामतदाताहरुलाई कुनै पनि पक्षको लोभलालच, डरत्रास र धम्कीमा नपरी आफ्नो विवेक प्रयोग गरेर मतदात गर्न अनुरोध गरेकी हुन् ।
मतदाताहरुले आफुुलाई पत्याएर बिजयी भए सक्षम तयारीकाले नेतृत्व गर्ने समेत बताइन् । एक दिन अगाडी यिनै उपाध्यक्ष पदकी प्रत्यासी शुुशिलाले आफुुले निर्वाचन जिते राज्यद्धारा पाउने सेवा र सुविधा नलिने घोषणा बताएकी थिइन् ।
उनले महिला लगायत पीँधमा रहेका समुदायका लागि आफ्नो उम्मेदवारी रहेको बारम्बार बताउँदै आएकी छन् । कानुन निर्माण लगायत विकासका योजना कामकारबाही बारे उम्पाध्यक्षको भुमिका रहने भन्दै विजयी भए सशक्त रुपमा लाग्ने बताइन् ।