सल्यान : सल्यान पश्चिमको सल्लिवजारमा गठबन्धनको चुनावी र्याली आयोजना गरियो । करिब दुई सय बढी मोटरसाइकलले सल्लिवजार भरी लगायतका र्याली गरिएको थियो ।
र्यालीसहित नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्कालाई सभामा उपस्थिती गराइयो । खड्काले गठबन्धन दल बाहिर स्वतन्त्र उम्मेदवारी, प्रस्तावक, समर्थक र प्रचारप्रसार गरेको भेटिए सदस्य खारेज गरिदिने समेत बताए ।
सकभर गठबन्धन दलभित्र र मित्रवत प्रतिस्पर्धा भए आ-आफ्नो चिन्हमा मतदान गर्न निर्देशन समेत रहेको थियोे । अझै समय बाँकी रहेकोले स्वतन्त्र उम्मेदवारले आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै पार्टी र आफ्नो छवि बचाउन अपिल गरिएको समेत बताए ।
पार्टी नीति विधि उपर जाने जो कोहि कार्यकर्तालाई अनुशासन सम्बन्धीको कारबाही गर्ने र पाँच वर्षसम्म साधारण सदस्य नरहने जनाएको छ । सुर्खेत सिम्ताको जामुने बजारमा गठबन्धन दलको चुनावी सभा सकेर बनगाड कुपिण्डे नगरपालिकाको सल्लिबजारमा आयोजित चुनावी सभालाई नेता खड्काले सम्बोधन गरेका थिए ।
गठबन्धन दललाई जिताउन हसिया हथौड़ा, कलम र रुख चिन्हमा मतदान गर्न उनले जोड दिए । नेकपा एमालेका अध्यक्ष केपि ओलीको अशान्तिपुर्ण कदम, अलोकतान्त्रिक कदम, संविधान विपरित काम गर्ने प्रवृत्तिविरुद्ध गठबन्धन बनेको उनको जिकिर थियो ।
चुनावी र्यालीलाई गठबन्धन तर्फबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका कर्णवहादुर वुढाथोकी ‘छहारि’, उप मेयरका उम्मेदवार नेपाली कांग्रेसका पुरुषोतम आचार्य, नेकपा समाजवादीका नगर अध्यक्ष रविराज शर्मा, माओवादी केन्द्र पार्टी अध्यक्ष किर्तीवहादुर राना, नेपाली कांग्रेसका निवर्तमान जिल्ला कार्यसमिति सदस्य दुर्गा खड्काले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गरेपछि कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले जय नेपाल पछि लालसलाम बनेर विदा मागेका हुन् ।