सिमकोट : स्थानीय तह चुनावका मतदान सम्पन्न भएको २४ घण्टा भन्दा बढी भइसकेको छ । तर, हुम्लाको अदानचुली गाउँपालिकामा अझै मतगणना स्थगित भएको छ ।
मतगणना स्थगित हुँदा अदानचुलीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । मतगणनाको लागि बिहान ११ बजे सर्वदलीय बैठक निर्वाचन अधिकृतको कार्यालयमा बसेको थियो ।
आन्दोलन हुनुको कारण मतगणना गर्ने प्रत्येक टोलीमा निर्वाचनअधिकृत तोके बमोजिमको संख्यामा प्रतिनिधि रहन सक्ने निर्णय भएको थियो । तर कुनै पनि राजनीतिकदलको तर्फबाट एउटा मतदान प्रतिनिधित्व रहने गरि एकजना मात्र प्रतिनिधि रहन सक्ने छ ।
यो कुरा निर्वाचन आयोग नेपालको बकपत्रमा छ । उक्त कुरा निर्वाचन अधिकृत यम प्रसाद वास्कोटाले बुँदागत सुनाउदा नेपाल कम्युनिस्ट पार्टी एमालेका नेताहरु र स्वतन्त्र उम्मेदवारका नेताले यो नियम कार्यान्वयन नगर्ने जनाएका थिए ।
यी पार्टीबीच आन्दोलन चलिरहेको छ सर्वदलीय बैठकमा छलफल सम्पन्न हुन लागेको बेला स्वतन्त्र र एमाले दलका नेताहरू उठेर बाहिर निस्किएका थिए । गाउँपालिकामा साना बालबालिकादेखि वृद्धहरुलाई आन्दोलनमा उतारेको छ ।
उम्मेदवारका नेताहरु आफ्नो कार्यकर्तालाई भिडाउन गाउँगाउँ पठाएका छन् । अहिले गाउँ घेराउ र कब्जा गरिएको छ । आज राती यसले उग्र रुप लिने संभावना देखिएको छ ।
अदानचुलीमा एमाले अराजक बन्दै गएको छ । निर्वाचनको विधि विधान नमान्ने र हुलकाहुल आफ्ना कार्यकर्तालाई मतगणना स्थलमा पठाउने दाउमा एमाले छ । जसकारण, बालबालिकादेखि वृद्धसम्मलाई आन्दोलनमा उतारेको छ ।