सिमकोट : वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट सिमकोट गाउँपालिकामा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
हुम्लामा निर्वाचनका लागि दुुई दलीय गठबन्धन अनुसार अध्यक्षमा माओवादी केन्द्र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मतगणनाको अन्तिम परिणाम अनुुसार अध्यक्षपदमा नेकपा माओवादी केन्द्रका विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसकी शुुशिलाभाम रोकाया निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत जगतबहादुुर पौडेलले बताए ।
अध्यक्ष पदमा बिजयी भण्डारीले दुुई हजार ८८२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अविराम शाहीले एक हजार ९६९ मत प्राप्त गरेका थिए ।
त्यसैगरि उपाध्यक्षपदमा रोकायाले दुुई हजार ४७४ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी प्रतिमा लामाले एक हजार ४५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरि सिमकोट गाउँपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमलबहादुुर बुुढा विजयी भएका छन् । उनले ३८४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेदवार २२८ मत ल्याएका थिए ।
आठ वटा वडाहरु रहेको सिमकोट गाउँपालिका वडा नम्बर, १,२,४ र ७ मा नेपाली कांग्रेसले बिजय प्राप्त गरेको छ भने वडा नम्बर ३,६ र ८ मा नकेपा माओवादी केन्द्रले विजयी प्राप्त गरेका गरेको छ भने वडा नम्बर ५ मा नेकपा एमालेले विजयी प्राप्त गरेको छ ।