सिमकोट : हुम्लाको सदरमुुकाम समेत रहेको सिमकोट गाउँपालिकामा आठ वटै वटामा युवाहरु निर्वाचित भएका छन् । वडा अध्यक्षका लागि उम्मेदवारी दिएका तीन वटै ठुुला पार्टीबाट युवा निर्वाचित भएका हुन ।
युवाहरु निर्वाचित भएकाहरुमा यसअघि नै एक वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा वडा नम्बर १ का वडाअध्यक्ष गोर्ख लामा । उनी नेपाली कांग्रेसबाट टिकट लिएर लडेका थिए ।
यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर २ मा देबजंग बोहरा विजयी भएका छन् । उनले नेकपा एमालेका गोरख वहादुर विष्टलाई करिब एक सयको मतले पराजित गरेका थिए । पराजित विष्टले २ सय ७२ मत प्राप्त गरेका थिए भने विजयी बोहराले ३७० मत प्राप्त गरेका थिए । विजयी बोहरा युवा नै हुन् ।
यस्तै वडा नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका पामा लामाले ३ सय ५४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रबहादुर बहादुर लामाले ३ सय २५ प्राप्त गरेका थिए ।
वडा नम्बर ४ मा नेपाली कांग्रेसका प्रताप लामा निर्विरोध निर्वाचित भएका छन् । उनी पनि युवा हुन् ।
यस्तै वडा नम्बर पाँचमा भने नेकपा एमालेले विजयी हात पारेको छ । एमालेका चीनबहादुुर रावत (चिन रावत)ले २ सय ७७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुलबहादुर रावतले २ सय ३० मत प्राप्त गरेका थिए । यस्तै उक्त वडाकै अर्का स्वतन्त्र उम्मेदवार जनक रोकायाले ४१ मत प्राप्त गरेका थिए ।
सिमकोटको वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्र तर्फका उम्मेदवार नन्द रावतले १ सय ५३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका डबले रोकायाले १सय २ मत प्राप्त गरेका थिए ।
यस्तै सिमकोट वडा नम्बर ७ मा नेपाली कांग्रेसका बलवीर शाही विजयी भएका छन् । उनले ५ सय १४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोवी सिंहले २ सय १६ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी नेकपा एमालेका हिरबहादुर शाहीले २९ मत प्राप्त गरेका छन् । यस्तै उक्त वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि उम्मेदवार थिए । राप्रपाका हर्कबहादुर शाहीले १ मत प्राप्त गरेका हुन् ।
सिमकोट वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका कमलबहादुर बुढा विजयी भएका छन् । उनले ३ सय ८४ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजबहादुरर शाही थिए । उनले २ सय २८ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी नेकपा नेकपा एमालेका लोकेन्द्र रोकायाले २ सय ५ र एकीकृत समाजवादीका पुर्ण सिंह बुढाले ४८ मत प्राप्त गरेका थिए ।
सिमकोट गाउँपालिकाका आठ वडामा निर्वाचित अध्यक्ष ४० वर्ष उमेर समूहभन्दा कमका हुन् । सिमकोटमा नेपाली कांग्रेसले चार, माओवादी केन्द्रले तीन र एमाले एक वडामा विजयी प्राप्त गरेका छन् ।
युवाहरु निर्वाचित भएपछि मतदाताहरुमा आशा पनि पलाएको छ । वडा र कार्यपालिकामा समेत अर्थपूर्ण उपस्थिती रहने भएको कारण युवाहरुबाट धेरै आशा गरिएको छ ।
मतदातामा निर्वाचनमा जुन पार्टीबाट टिकट लिएर निर्वाचित भएको भए पनि बिकासका लागि एक स्वर उठाउने माआशावादी पनि उस्तै छन् । यो कुरा उनीहरु निर्वाचित भएर पहिलो वर्षको बजेट तथा कार्यक्रम तर्जुमामा खेल्ने भूमिकामा पनि केही कुराको संकेत समेत गर्नेछ ।