हुम्ला : स्थानीय तह निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको चङ्खेली गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित पार्दै स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् भने उपाध्यक्षमा एकीकृत समाजवादी एकिकृत समाजावादीका उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचन अधिकृत हेमकुुमार ढकालले अध्यक्षपदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी प्रेमकला शाही विजयी भएका हुन् । अध्यक्ष शाहीले एक हजार ६९५ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका गोबिन्द शाहीले एक हजार १७२ मत प्राप्त गरेका थिए ।
यस पटक स्वतन्त्रबाट अध्यक्ष जितेका २०७४ सालको निर्वाचनमा कांग्रेसको टिकटबाट पराजित भएका थिए । त्यसैगरि उपाध्यक्षमा विजयी शाही शाहीले एक हजार ३७२ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मैना बुुढाले एक हजार १७३ मत प्राप्त गरेकी छन् । बुुढा यसअघि २०७४ सालका निर्वाचनमा पनि झिनो मतान्तरले पराजित भएकी थिइन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुुसार, छ वटा वडा रहेको चङ्खेली गाउँपालिकामा वडा नम्बर १ मा एमालेका गोबिन्द बोहरा, २ मा नेपाली काँग्रेसका बिर्ख सिंह, ३ मा माओवादी केन्द्रका भारमल बुढा, ४ मा स्वतन्त्र पदमबहादुुर शाही, ५ मा हर्कधन तामाङ र ६ माजयबहादुुर सिरा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका छन् ।
चंखेली गाउँपालिकामा स्थगित भएको मतदान कार्य जेठ ४ गते भएको थियो । चङ्खेलीगाउँपालिका–२ को महादेब माविमतदान केन्द्रमा मतदानकार्य सम्पन्न भएपछि मतगणना कार्य हिजो सुुरु भएको हो ।
स्वतन्त्रबाट विजयी शाही कांग्रेस निकट हुन् । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई एमालेको समेत समर्थन रहेको थियो ।