हुम्ला : सिमकोट गाउँपालिकामा दुुई जोडी आमा छोरी दलित महिला सदस्यमा निर्वाचित भएका छन्। उनीहरू चारै जना कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको टिकटबाट विजयी भएका हुन् ।
मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलका अनुसार संयोगले स्थायीय तह निर्वाचनमा एउटै गाउँपालिकामा दुुई जोडी आमा छोरी दलित महिला सदस्यमा भिन्न पार्टीबाट टिकट पाएर निर्वाचित भएका बताए।
उनीहरू सिमकोट गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रबाट आमा कौरा सुुनार र सिमकोट गाउँपालिका–७ बाट छोरी रुप्सी सुनार एमालेको टिकटबाट निर्वाचित भएका हुन्।
त्यसैगरी, सिमकोट–६ बाट आमा राजमति सुुनार कांग्रेस र सोही गाउँपालिका–३ बाट छोरी पार्वती सुुनार माओवादी केन्द्रको टिकट पाएर महिला सदस्यमा निर्वाचित भएकी हुन्।
राजमतीले १ सय ८५ मत ल्याएका थिइन् भने छोरी पार्वतीले ३ सय ५१ मत ल्याएकी थिइन्। त्यसैगरी, कुुँराले ३९३ मत ल्याएकी छन् भने रुप्सीले ३ सय १९ मत ल्याएर विजयी भइन्। दलित महिलामा निर्वाचित कुँराले छोरीसँग भेट नभएको चार महिना भए पनि अब निर्वाचित भएको शपथग्रहण कार्यक्रममा भेट हुने बताइन्।
चारै जना सदस्य निरक्षर छन्। दलित महिलामा निर्वाचित अर्की सदस्य पार्वतीले परिस्थितिले आमा छोरी दुुवै फरक पार्टीबाट निर्वाचित भएका हुन्।
उनले गठबन्धन भए पनि कांग्रेस र माओवादीको निर्णय अनुुसार ३ नम्बरमा कांग्रेससँग प्रतिस्पर्धा गरेकी थिइन्।
आमा राजमतीले भने गठबन्धन दलकै तर्फबाट एमालेकी उम्मेदवारसँग प्रतिस्पर्धा गरेकी थिइन्। कुुँरा र रुप्सीले भने गठबन्धन दलकै साझा उम्मेदवारका रुपमा एमालेकी उम्मेदवारसँग प्रतिस्पर्धा गरेर विजयी भएकी थिइन्।