सिमकोट : स्थानीय तहको निर्वाचनपछि जिल्लाभरका विद्यालय सञ्चालनमा आएको भएपनि विद्यार्थीहरुको हातमा भने पाठ्यपुस्तक पुुग्न सकेको छैन् । यसले गर्दा विद्यार्थी शिक्षकले बोर्डमा लेखेका आधारमा अध्ययन गर्न बाध्य हुँदै आएका आएका हुन् ।
बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक मधुु बस्नेतले समयमा पाठ्य पुस्तक आइनपुुग्दा शिक्षकलाई पढाउन र विद्यार्थीलाई अध्ययन गर्न समस्या भएको बताए । उनले एक, दुुई, तीन, छ र आठ कक्षामा केही भएका पुराना विद्यार्थीहरुका किताबवाट पठन पाठन हुने गरेको भएपनि त्यो सहज नभएको बताइन् । ती कक्षाका पनि सबै विद्यार्थीहरुको हातमा पुस्तक छैनन् ।
अझ कक्षा चार, सात र नौ कक्षाको पाठ्यक्रम नयाँ भएको कारण कुुनै बिषयका पुस्तक बिनै अध्ययन गर्नुपर्ने बाध्यता शिक्षकहरुलाई रहेको छ । उनले आफुुले अध्यापन गराउने बिषयमा कक्षा सात र नौलाई इन्टरनेटको सहायताले घरमा डाउनलोड गरेको पाठ्यक्रमको बिषयलाई मोवाईलमा हेरेर पढाउने कार्य गरि रहेको जानकारी दिइन् ।
विद्यार्थीहरुलाई अभ्यासको कार्य दिनुु परे ह्वाइट बोर्डमा लेखेर दिने र विद्यार्थीहरुले घरमा काम गरेर आउने गरेको उक्त विद्यालयले जनाएको छ । निर्वाचनका लागि मतपत्र छाप्न सक्ने सरकारले यत्रो विद्यार्थीको भविष्यसँग जोडिएको बिषयमा ध्यान जान नसकेको गुनासो गरिन् ।
त्यसैगरि सर्केगार्ड गाउँपालिका–२ र ३ को लालिगुराँस मावि लिप्नेका प्रधानाध्यापक काली बहादुुर महताराले पुुस्तक नभएर काम चलाउ रुपमा पढाइ भइरहेको जानकारी दिए । उनले पुराना च्यातिएका कितावबाट पठन पाठन गर्ने गरेको भएपनि धेरै विद्यार्थीहरुको हातमा पुस्तक नभएको कारण कठिन भएको बताए ।
नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरुका लागि पुस्तक नपुुगेको र इन्टरनेटको समेत व्यवस्था नभएको कारण पढाइ अगाडी बढ्न नसकेको ििवद्यालयले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइले पाठ्यपुुस्तक हालसम्म नपुुगेको कारण जिल्लाभरिका सबै तहका कक्षामा समस्या उत्पन्न भएको जनाएको छ ।
हुुम्ला पठन पाठनका लागि यो समस्या उपयुक्त भएपनि पाठ्य पुस्तक नभएको कारण पढाई अगाडी बढ्न सक्ने अवस्था भने छैन ।