सिमकोट : हुम्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुुर रोकायाले पदभार ग्रहण गरेसँगै अध्यक्ष र उपाध्यक्ष सहित बसेको पहिलो बैठकले सुत्केरीलाई प्रोत्साहन भत्ता र सबै नागरिकको स्वास्थ्य बिमा निःशुुल्क गर्ने निर्णय भएको छ । आगामी आर्थिक वर्षबाट सो कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर रावतले अब गाउँपालिका भरिका सुत्केरी हुने महिलाहरुलाई एक पटकका लागि एक हजार रुपियाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको नवनिर्वाचित अध्यक्ष रोकायाले गरेको बताए । यसअघि सरकारले सुत्केरीलाई प्रोत्साहन र यातायात खर्च दिँदै आएको छ ।
अब गाउँपालिकाले दिने उक्त प्रोत्साहन भत्ता अतिरिक्त हुनेछ । त्यसैगरि उपाध्यक्षको तर्फबाट पनि गाउँपालिका भरिका जनताको स्वास्थ्य बीमा निःशुल्क गर्ने निर्णय पनि गरिएको छ । उन अध्यक्ष उपाध्यक्ष दुवैले घोषणा गरेर निर्णय गरिएका कार्यक्रम प्रत्यक्ष रुपमा जनतासँग सरोकार राख्ने भएको कारण यो कार्यक्रम आगामी वर्षबाट लागुु हुने बताए ।
आगामी वर्षका लागि तय हुने बजेट तथा कार्यक्रममा सो घोषणा गरिएका दुुबै कार्यक्रमलाई समेटिनेछ । जनतालाई प्रत्यक्ष रुपमा टेवा पुर्याउन उक्त कार्यक्रम कार्यान्वय गर्ने गरि घोषणा गरिएको नयाँ जनप्रतिनिधिहरुले बताएकमा छन् । ।
यसअघि अध्यक्ष रोकायाले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खाएर पदभार गराएका थिए । यसबीच अदानचुली गाउँपालिकामा बसेको पहिलो बैठकले २० जना गरिव, विपन्न, दलित, शहिद परिवारका विद्यार्थीलार्य उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिहंको अध्यक्षतामा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । त्यसैगरिे ताँजाकोट गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले हिमाली आवासीय छात्रवासमा आवास सुविधा सहितको निःशुुल्क रुपमा मदाानदेव माध्यामिक विद्यालय अध्ययनको ब्यवस्था गर्ने पहिलो बैठकले निर्णय गरेको छ ।
नवनिर्वाचित अध्यक्ष लालकेश जैसीले बीस जना गरिव, जेहेन्दार र शहिर परिवारका विद्यार्थीलाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था, यसै शैक्षिक सत्रबाट गाउँपालिकाले गर्ने पहिलो निर्णय भएको जनाए । सबै भन्दा शिक्षा नै भएको कारण विद्यार्थीलाई पठन पाठनमा सहजता ल्याउन पनि उक्त निर्णय गरिएको जानकारी गरिएको थियो ।
ती विद्यार्थीहरुका लागि लाग्ने सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने छ । यउक्त छात्रवासमा यसअघि प्रदेश सरकारको आर्थिक सहयोगमा २० जना विद्यार्थी आवासीय सुविधासहित निःशुल्क रुपमा अध्ययन गर्दै आएका छन् ।