काठमाडौँ : हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को निर्देशनमा रहेको स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण भएको छ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा शोको विषयमा औपचारिक जानकारी गराइएको हो। एक दर्जन बढी हास्य कलाकारहरुलाई लिएर मिडिया हबले कार्यक्रम प्रशारणमा ल्याउन लागेको हो ।शुभारम्भ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले गरे ।
यसका लागि कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ। एपीवान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने भएको छ।
कमेडी हबमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, कमेडी च्याम्पियन हिमेश पन्त, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको शोमा प्रस्तुति छ ।
नाटक, प्रहशन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा शोमा समेटिएकाे छ ।