मोरङ: मुख्यमन्त्री राजेन्द्र राईले १४ जना स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रदेश समन्वय परिषद्मा मनोनीत गरेका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकले प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको हो।
मनोनीत समन्वय समितिको पहिलो बैठक मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ । बैठकले ‘बैठक सञ्चालन कार्यविधि’ स्वीकृत गरेको छ । बैठकले समन्वय परिषद्का सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि २५ जेठमा प्रदेश सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमका सम्बन्धमा पनि आफ्नो राय सुझाव दिएका छन् ।
प्रत्येक जिल्लाको एकजना जनप्रनिनिधि हुनेगरी आज मुख्यमन्त्री राईले १० जना मनोनित गरेका हुन् । मुख्यमन्त्री राईले प्रदेश समन्वय परिषद्मा विराटनगर महानगरपालिका, मोरङका प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका, इलामका प्रमुख रनबहादुर राई, ऐसेलुखर्क गाउँपालिका, खोटाङका अध्यक्ष गिरेन्द्रबहादुर राई, साल्पासिलिछो गाउँपालिका, भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई, खिजिदेम्बा गाउँपालिका, ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पालाई आज मनोनित गरेका हुन् ।
परिषद्मा हरेक जिल्लाबाट एक जना हुने गरी स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्वसहित १४ जना सदस्य मुख्यमन्त्रीले मनोनीत गर्ने कानूनी प्रावधान छ ।