चाणक्य एक विश्व कूटनीतिज्ञ मानिन्छन् । उनी विद्धान हुन् । तर विद्धानभन्दा पनि ठूलो कूटनीतिज्ञलाई उनले आफ्नो जीवनको सिद्धान्त बनाएका थिए । जसकारण उनी आज संसारभर चर्चित छन् ।
उनले हरेक मानिसका बारेमा आफ्नो धारणा बनाएका छन् । मानिसलाई महान भन्नुभन्दा उनीहरुको काम र व्यवहारलाई हेरेर उनले आफ्नो ज्ञान र सिद्धान्त विस्तार गरेका थिए । सोही कारण पनि उनलाई धेरैले महान ठान्ने गरेका छन् ।
यस्तैमा उनका १० महान भनाई यसप्रकार छन्ः
१) कमजोर व्यक्तिसँगको दुस्मनी ज्यादै महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुँदैन ।
२) तपाई खुसी रहनु नै दुश्मनका लागि सबैभन्दा ठुलो सजाय हो ।
३) अरुको गल्तीबाट सिक किनकी आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ ।
४) कुनै पनि व्यक्ति आवस्यकता भन्दा बढी इमान्दार सोझो हुनु हुदैन किनकी सोझो रुख पहिला काटिन्छ ।
५) भाग्यले उसैलाई साथ दिन्छ , जो जस्तो सुकै संकटमा पनि आफ्नो लक्ष्य प्रति दृढ रहन्छ ।
६) कुनै पनि व्यक्ति आफ्नो कामबाट मात्र महान हुन्छ जन्मबाट होइन ।
७) कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन । जसले शाहसका साथ ती चुनौतीहरुको सामना गर्छ उ महान बन्छ ।
८) सफलता प्राप्त गर्नको लागि असल साथीको आवस्यकता पर्दछ र धेरै नै ठुलो सफलता प्राप्त गर्नका लागि राम्रो शत्रुको आवस्यकता पर्दछ ।
९) भुतको बारेमा पछुताउनु र भविस्यको बारेमा चिन्ता लिनु हुन्न । किनकी विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।
१०) तपाईको कुरा सुन्ने बेला यताउता हेर्ने मानिसको कहिल्यै विश्वास नगर्नुहोला ।