सुर्खेत । मानव सेवा आश्रम कर्णाली प्रदेश स्थापना भएको दुई वर्ष पुगेको छ । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले आज आर्थिक वर्ष २०७६ ७७ वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ ।
समीक्षा कार्यक्रममा आश्रमका प्रदेश संयोजक सिर्जना ओलीले मानव सेवा आश्रममा हालसम्मका सञ्चालित सेवाहरुको बारेमा बताउँदै आव २०७६र०७७ मा यहाँका विभिन्न जिल्लाका सहयोगापेक्षी ७७ सडक मानवको उद्धार गरिएको बताए । “उद्धार गरिएका सडक मानवमा ४८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ”, संयोजक ओलीले भनिन्, “४३ जना यही आश्रित छन् भने एकजनालाई अर्को शाखामा स्थानान्तरण गरिएको छ ।”
आश्रममा रहेका चार जनाको कालगतिले मृत्यु भएपछि नगरपालिकाको सहकार्यमा सतगत गरिएको उहाँले बताउनुभयो । विसं २०७६ को माघ महिनादेखि कर्णाली प्रदेश सरकारले अभिभावकत्व दिइरहेको बताउँदै संयोजक ओलीले सहयोगापेक्षी सडक मानवरहित नेपालको पहिलो प्रदेशसम्म घोषणा हुन सफल भएको प्रदेशमा मानवसेवा आश्रमले ‘मानवता प्रवद्र्धनको महाअभियान’लाई अगाडि बढाएको बताए ।
उनले भने, “खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्येक्त, बेसहारा, अनाथ, असक्त, अपाङ्ग, असहाय एवं मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समूहका साहाराको आवश्यक भएका मानवहरुलाई तत्काल उद्धार, उपचार, पालनपोषण तथा उचित वातावरणको उपलब्ध गराउने सेवा हामीले निर्वाध दिइरहेका छौँ ।”
संयोजक ओलीका अनुसार सेवा आश्रमले व्यक्ति तथा विभिन्न संस्थाको सहयोगमा आव २०७६र०७७ मा रु ४५ लाख पाँच हजार ३५ आम्दानी गरेकोमा आश्रममा आश्रित सबै सडक मानवको उचित व्यवस्थापनमा खर्च भएको र केही ठाउँमा तिर्न बाँकी रहेकाले हाल बैंकमा रु छ लाख ९० हजार १४ मौज्दात छ ।