बौद्ध धर्मको सम्बोधन लिपिलाई भोटे लामा जातिहरू आफ्नो लेखन लिपि ठान्छन् । तर, यसलाई आफुले बोल्ने व्यावहारिक भाषा लेखन र विद्यालय शिक्षामा प्रयोगमा ल्याउन सकेका छैनन् । यी भाषिक लिपिलाई धार्मिक शिक्षा, धर्म प्रचार र गुम्बा शिक्षा दिनमा मात्र सीमित छन् ।
यसलाई व्यावहारिक भाषाको रूपमा प्रयोगमा ल्याउन र विद्यालयहरूमा पठनपाठन गर्ने वातावरण निर्माणका लागि सरकारी तथा गैरसरकारी सामुदायिक संघसंस्थाहरूको साझा पहल तथा प्रयासहरू भइरहेका छन् । जुन यो अहिलेको सन्दर्भमा अपर्याप्त छ । गाउँबस्ती पिच्छे अलग भाषिकाका समुदायहरू छन् । उनीहरू स्वर, बोली फरक छन् त्यसलाई फरक भाषाको रूपमा बुझ्ने गरेका छन ।
धार्मिक ग्रन्थमा लेखिएका लेख्य भाषा सबैले पढ्न वा वाचन गर्न जान्दैनन् र बोलेका पनि बुझ्दैनन । यी बाहेक यिनीहरूको लेख्य भाषाका स्रोत सन्दर्भहरू शब्दकोश, व्याकरण, शैक्षिक सन्दर्भका स्रोत र सामग्रीहरू छैनन् । भाषाको सूक्ष्म इकाइको बोलीलाई वर्गीकरणको आधारमा फरक भाषाको रूपमा बुझने र अथ्याउने गरेका छन् । सानो भौगालिक क्षेत्र भित्र धेरै भाषिक भेद र उपभेदका विविधता रहेको छ । यस साझा लिपिको माध्यामले सबै भाषालाई समेट्ने भरपर्दो रूपमा भाषा जोगाउने काम हुन सकेको छैन् ।
मातृभाषा विकासलाई सम्बन्धित जातिले आफनो मौलिक भाषाको पहिचान र खोजी गर्नमा तत्परता देखिदैन भने अर्को तिर राज्यले संरक्षण सम्वर्द्धन तथा प्रवर्धन कार्य गर्नमा सहयोगको अभाव छ वा उपेक्षा गरिएको छ । आफनो वास्ताविक पहिचान खुल्न र खुलाउन सकेका छैनन् ।
अर्को खुले, पत्त लागेका अध्ययन अनुसन्धानको प्रयोग समुदाय तथा राज्यले राम्रो संग गर्न सकेका छैनन् ।मातृभाषाका केही वर्ण लिपिका स्वरहरु देवनागरी लिपिले शुद्ध रुपमा नसमेट्ने हुदा नेपालीमा लेख्दा कतिपय भाषिक शब्दहरु लेखन त्रुटी (अशुद्ध) वा अप्रभंश हुने गरेका छन् जसले मौलिक भाषाको सट्टा अर्को दोस्रो भाषामा दोहोरो नामकरण गरेकाले मौलिक भाषाको अप्रचलन हुने गरेको छ । जसले भाषा लोप हुन अभिप्रेरीत गराएको छ ।
अर्कोतिर तिब्बती भाषा लेख्य र कथ्य भाषाको समान रूपमा प्रयोगले ब्यापक क्षेत्रलाई समेट्दै गएको र त्यही ब्यापकताको आवरण भित्र स्थानीय हुम्ली भोटे लामाको मौलिक भाषा ओझेलमा पारिएको छ । मौलिक भाषाको अप्रचलन बढ्दै जानुले भाषा लोप हुन लागेकोछ । स्थानीय स्तरबाट आफ्नो मातृभाषाको खोज अध्ययन संकलन कार्य नहुनु र राज्यले संरक्षण, प्रबद्र्धन गर्ने काममा जोड नदिनले यहाँका मौलिक भाषाहरु सुसुप्त अवस्थामै दबिएर लोप हुन थालेको छ ।
पाठ्यक्रम, पाठ्यपुस्तक निर्माणमा सरकारी, गैरसरकारी संस्थाको प्रयासः
२०६९, ७० बाट शैक्षिक तालिम केन्द्र, सुर्खेतको मातृभाषा तथा बहुभाषी प्रशिक्षक प्रशिक्षण तालिमको सदुपयोग गर्दै जिल्ला शिक्षा कार्यालयको पहलमा, यूनिसेफ–नेपाल, आधार(नेपाल र हिमाली बाल समाजको संयुक्त सहयोगमा हुम्लाका बीस वटा सामुदायिक विद्यालयका शिक्षकहरूलाई मातृभाषा शिक्षण सिकाइ सम्बन्धी दस दिनको तालिम दिई उत्तरी क्षेत्रका एघार वटा सामुदायिक विद्यालयहरूमा पठनपाठन समेत सुरु गरेको अवस्था छ ।
पाठ्य पुस्तकको रूपमा नेपाल बौद्ध महासंघले नेपालको हिमाली क्षेत्रका सम्पूर्ण भोटबर्मेली मूलका समुदायलाई समेट्ने गरी तयार पारिएको कक्षा १–५ सम्मका पाठ्य पुस्तकलाई परीक्षणका रूपमा लागु गरिएको छ । यी पाठ्य पुस्तकमा बृहत् क्षेत्र र भोट तिब्बती भाषाको ब्यापक प्रयोगले स्थानीय र मौलिक भाषा समेट्न नसकेको गुनासो संगै समुदायका प्रचलित बोली भाषाका शब्दहरू लेख्य रूप नहुदा यसको सम्बोधन हुन नसकेको दुखेसो पनि छ ।
साथै यी पाठ्य पुस्तक प्रयोगसित मेल खाने सन्दर्भ सामाग्रीको समेत अभावले सिकाई त्यति प्रभावकारी हुन नसकेको शिक्षकहरूको भनाई रहेको छ । जिल्ला शिक्षा कार्यलय हुम्लाको पहलमा र युनिसेफ नेपालको सहयोगले २०७० मा कन्जोक लामाद्वारा तयार गरेको नेपाली भाषा र मातृभाषा विच सम्बन्ध जोडदै सिकाई सहज गर्ने उद्धेश्यले नेपाली–भोटलामा शब्दकोशले केही भए पनि मातृभाषा शिक्षण सिकाईमा राहत पुगेको शिक्षकहरूको भनाइ रहेको छ ।
२०७१ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगले कन्जोक लामाद्वारा हुम्ली भोटलामा–नेपाली भाषामा प्रकासित शब्दकोशले पनि मातृभाषा शिक्षण सिकाईमा सहयोग पुग्ने आशा गरे पनि यी विविध समुदायका सबै भाषिक शब्दवली र पदवली समेट्न नसकेकाले यी नै पर्याप्त छैनन् । यसको लागि सबै भाषिक समुदायको अधिकतम बोली भाषा समेट्न बृहत भोट–लामा भाषाको शब्दकोश तथा पर्यायवाची शब्दकोश तयार गनुपर्ने आवश्यक देखिएकोछ ।
सबै समुदायका भाषाभाषिकामा भाषा फरक नभई भाषिका वा बोली फरक रहेको पाइन्छ । यी भाषाका शब्दहरू आधारभूत भिन्नता नभई सामाजिक सांस्कृतिक भेद भन्दा क्षेत्रिय उच्चारण भेद बढी पाइएको छ र अधिकांस फरक पर्यावाची शब्दहरूको रूप बढी प्रयोग र प्रचलनमा रहेको पाइन्छ । यसको लागि भाटेलामा समुदायका भाषा सर्भेक्षण गरी एउटा बृहत् साझा शब्दकोश निर्माण गर्न सके एउटै भाषामा सबै कुरा समेट्न सकिने अवस्था छ । भाषालाई एकदमै सूक्ष्म र स्थानिक तबरले सिकाईमा लागू गर्न गारो हुन सक्छ ।
विद्यालयहरूमा मातृभाषामा पठनपाठन गर्ने सरकारी नीति र योजना हुँदाहुँदै पनि नेपाली र अंग्रेजी भाषा सरह विद्यालयमा मातृभाषाको लागि शिक्षक दरबन्दीको व्यवस्था नहुदा मातृभाषा शिक्षण सिकाईमा शुरूको गाँसमा ढुङ्गा भने जस्तै धेरै विद्यालयमा शुरू हुन नसक्नु र लागू भएकाको पनि स्थायित्व नहुनु प्रमुख समास्या हुन् ।
सिकाइमा शब्दकोशले मात्रै पर्याप्त नहुने हुदा यसको प्रयोग संगै आधारभूत व्याकरण निर्माण पनि उतिकै आवश्यक रहन्छ । हालसम्म लिखित व्याकरणको व्यवस्था नभएकोले सिकाई अधुरो प्रायस भएको अवस्थामा आ।व। २०७६र७७ मा भाषा आयोगको प्राविधिक सहयोग र नाम्खा गाउँपालिकाको समन्वयमा हुम्लो भोट(लामा भाषाको व्याकरण तयार भई भाषा आयोगमा पेश भएकोछ । निकट भविष्यमा भाषा आयोगबाट स्वीकृत भई यसको ब्यबहारिक सिकाईमा प्रयोग हुनेमा आशा गर्न सकिन्छ ।
भाषिक सन्दर्भ शैक्षिक र पाठ्य सामग्रीः
सिकाइमा शैक्षिक तथा पाठ्यसामग्री अनिवार्य भए झै मातृभाषाको शिक्षण सिकाईलाई व्यवहारिक रूपमा सन्चालन तथा कार्यन्वयान हुन नसक्नु प्रमुख कारण शैक्षिक सामग्रीको अप्राप्ति हुनुनै हो जसमा निम्न लिखित कुरा पर्छ । शब्दकोश( यहाँको परिवेशमा हाल सम्म प्रकासन र प्रयोगमा आएको कन्जोक लामाद्वारा लिखित हुम्ली भोटलामा–नेपाली शब्दकोश र नेपाली–भोटलामा शब्दकोश मात्र रहेका छन् । नयाँ स्तरबाट सबै भाषालाई समेट्ने र लेख्य र कथ्य भाषा बिचको व्यावहारिक र प्रयोगात्मक दुरी कम गर्न बृहत र पर्यावाची शब्दकोश निर्माण गरिनु आवश्यक छ ।
व्याकरण - लिखित भाषाको आधारभूत सिकाई गर्न व्याकरण अनिवार्य तत्व हो । हालसम्म यसको औपचारिक ब्यवस्था छैन । भाषा साहित्यको क्षेत्र ९लोक साहित्य, कथा, कविता, बाल साहित्य) बौद्ध धर्मको धार्मिक ग्रन्थ बाहेक अरू सबै अलिखित साहित्य कृतिमा सीमित रहेको छ ।
मातृभाषा शिक्षाका संभावित क्षेत्र र विद्यालयहरू
भोट लामा समुदायमा रहेको जम्मा विद्यालय संख्या ( २३ आधारभूत ९०(५० –१६, आधारभूत ९६(८० –५, माबि–२ हाल भोटलामा भाषामा पठनपाठन सुरु भएका विद्यालय संख्या ११, जसमा प्रावि–८, निमावि–२, मावि–१ छन् ।
सूचना तथा सञ्चार माध्याममा मातृभाषाको प्रयोग ९छापा, रेडियोरएफ.एम)
हुम्ला जिल्लामा संचालित दुइटा एफ।एम मा लामा भाषामा समाचार दिने गरेको छ । कैलास एफ।एमले न्हिन्बा भाषिका ९न्हिन्का० मा र कर्णाली अवाजले आधुनिक तिब्बती बोली भाषामा समाचार दिई रहेका छन् । हालसम्म भोटमातृ भाषाको छापामा प्रकासन कार्य भएको छैन ।
मातृभाषा विकासका लागि गर्नु पर्ने र गर्न सकिने कामहरू :
- मातृभाषाको सर्भेक्षण ।
- व्याकरण निर्माण ।
- पर्यवाची शब्द संकलन र शब्द कोश निर्माण ।
- बहुभाषी सिकाई प्रयोजनका लागि भोटलामा–नेपाली–अंग्रेजी त्रिभाषी शब्दकोश निर्माण ।
- तिब्बती भाषालाई मानकीकरण गरी त्यस ब्याकरणीय नियमबाट भोटलामा भाषालाई लिपिबद्ध गर्ने ।
- विभिन्न खालका भाषिक सामग्रीको निर्माण गरी प्रयोगमा ल्याउन ।
- विद्यालयमा मातृभाषा शिक्षक कोव्यवस्था ।
भोट,लामा मातृभाषा अध्ययनको सारंस, निष्कर्ष र सुझाव
- मातृभाषाको अध्ययन, अनुसन्धान कार्य गर्दै जानुपर्ने ।
- मातृभाषाहरू राज्य तथा सरकारको उपेक्षाको नजरले होईन, प्राथामिक क्षेत्रमा पार्नु पर्ने ।
- पुनर्जागरणको युग सम्झी अध्ययन, खोज कार्यलाई ब्यापकता दिदै लिपिबद्ध गर्ने ।
- धर्म, संस्कृतिको निरन्तरता र सामाजिक विकासका लागि भाषालाई संरक्षण र सम्बद्र्धन गर्दै जाने ।
- राजनीतिक परिवर्तन र लोकतन्त्रबाट उपलब्ध अधिकारको रक्षा गर्ने ।
- तिब्बती, स्रोत भाषाको सहयोगमा लक्ष्य भाषा ९मातृभाषा० को विकास गर्दै जान सकिन्छ ।
- मौखिक भाषालाई रूपरेखामा रूपान्तरण गरी व्यावहारिक सिकाई प्रयोजनमा लैजान ।
- स्थानीय सरकारले भाषा संस्कृतिलाई आफनो सम्पति र पहिचान ठानी भाषा संरक्षणबाट शुरु गर्नुपर्ने ।
निष्कर्षः
- लिपिमा समस्या छैन । ९सबैको साझा स्थापित लिपि छ, सम्भोटा लिपि० ।
- धेरै भाषा भाषीकाको समूह छन्, आफनै स्वतन्त्र मातृभाषा छ, आफ्नै तरिकाले प्रयोग गर्न सक्छन् ।
- सबै भाषिक स्वर र भेदहरू यसै लिपिले समेट्छ ।
- सबैको लागि समेट्ने अनुकुल मापदण्डको पाठ्य पुस्तक निर्माणको आवश्यक छ ।
- पहिलो चरणमा मातृभाषामा साक्षर बनाउने कार्यक्रम चलाउने पछि त्यसको हिज्जे शुद्ध, शब्द रचना र वर्ण विन्यासलाई विकास गर्दै अगाडि बढाउन सकिन्छ ।
- आवश्यकता अनुसार जिल्ला स्तरमा मातृभाषाको अध्ययन, अनुसन्धान समिति गठन गर्न सकिन्छ ।
उक्त समितिमा जिल्ला स्तरका भाषा बिज्ञ, गुम्बाको प्राज्ञिक लामा, भाषा क्षेत्रमा काम गर्ने संस्था, समूह र व्यक्तिको संलग्नता रहनुपर्छ ।
- यसबाट न्यून खर्चमा सबैले आफनै मातृभाषामा शिक्षा पाउने अधिारको सुनिश्चिततामा सहयोग पुग्छ ।
- मातृभाषाहरुको पहिचान र संरक्षणमा जोड पुग्छ ।
सुझावहरूः
- प्रत्येक मातृभाषी समूदायको विद्यालयहरूमा एकजना न्यूनतम मातृभाषामा अध्यापन गर्न सक्ने शिक्षकको व्यवस्था हुनु पर्छ ।
- पहिलो चरणमा विद्यार्थीहरू आफनो मातृभाषाको लिपि सिकेर साक्षर बनाउनु पर्छ । लिपिबाट आफनो भाषामा र आफुले ब्यक्त गर्न खोजे शब्द निर्माण गर्ने अभ्यासहरू हल गर्न सक्ने अभ्यास पुस्तिकाको व्यवस्था हुनु पर्छ ।
- दोस्रो चरणमा संयुक्त अक्षर निर्माण, उच्चारण, हिज्जे शुद्धपन सिक्न सक्ने अभ्यास पुस्तिका निर्माण मानक भाषाका आधारमा व्याकरण निर्माण गरी सिकाई व्यवस्था गरिनु पर्छ ।
- हरेक स्थानीय तहमा मातृ भाषी बोर्ड गठन गरी यसले भोट मातृभाषाको सर्भेक्षण गरी निरन्तर अध्ययन, अनुसन्धान र प्रयोगलाई जोड दिँदै सशक्तीकरण र स्तरीकृत गर्दै लैजानु पर्छ ।
- मातृभाषाको ब्यबहारिक प्रयोग र सिकाईको लागि स्थानीय ज्ञान सीपमा आधारीत स्थानीय पाठ्यक्रम निर्माण गरी स्थानीय परिवेशका पाठ तयार पार्नुपर्छ ।
- देशमा संघीयतामा गए पश्चायत मातृभाषा तथा भाषा, संस्कृति सम्बन्धि कार्य सन्चालन गर्न सबै भन्दा ठूलो भूमिका र अधिकार स्थानीय तह र सरकारलाई दिएको छ । यसको सही कार्यन्वयानमा जोड दिनुपर्ने ।
लेखक लामा, भाषा संस्कृतिको अध्येता तथा आधा- नेपालका शिक्षा अधिकृत हुन् ।