खलंगा : आइतबार बारेकोट गाउँपालिकाले एक एम्बुलेन्स उपहार पाएको छ । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिकाले एम्बुलेन्स उपहार पाएको हो ।
यसका लागि निरन्तर पहलमा रहेका बारेकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र शाहले एम्बुलेन्स बुझेका छन् । निवर्तमान अध्यक्ष शाह लामो समय काठमाडौं बसेर एम्बुलेन्स बुझेर बारेकोट पुगेर गाउँपालिकालाई हस्तान्तरण गर्ने भएका हुन् ।
![](https://www.karnaalikhabar.com/uploads/editor/barekot/1.jpg)
बारेकोट गाउँपालिकाले उपहार पाएको एम्बुलेन्समाथि जाजरकोटमा एक खाल्को बहस सुरु भइसकेको छ । कांग्रेस समर्थकले महेन्द्र शाहकै पहलमा बारेकोटवासीले एम्बुलेन्सको प्रयोग गर्न पाउने बताएका छन् भने एमाले समर्थकले भारतीय राजदुतावासले गाउँपालिकालाई एम्बुलेन्स उपहार दिएको हो भनेर विरोधाभास अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा उपस्थिती भइरहेको अवस्था छ ।
स्वयं नेकपा एमालेबाट नयाँ निर्वाचित गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पनि असहमतको अभिव्यक्तिले एम्बुलेन्सलाई स्वागत गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै भनेका छन् – ‘आज भारतीय राजदुतावासले नेपालका विभिन्न जिल्लाका लागि ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार दिएको छ जस मध्ये बारेकोटट गाउँपालिकाले पनि एम्बुलेन्स प्राप्त गरेको छ । यसका लाग भारत सरकार र दुतावासप्रति हार्दिक आभार छ । पहलकदमिका लागि निवर्तमान अध्यक्ष महेन्द्र शाहलाई विशेष धन्यवाद छ । सब थोक यो होइन यो उपहार समान्य पनि छैन हाम्रा लागि । तर हामीले धेरै गर्न बाँकी छ यो सत्य सबैले आत्मसात गर्न जरुरी छ ।’
![](https://www.karnaalikhabar.com/uploads/editor/barekot/3.JPG)
डोकोमा विरामी बोकेर स्वास्थ्य संस्थासम्म पुग्ने गरेका बारेकोटवासीले आपतकालिका अवस्थामा सेवा पाउनु राम्रो कुरा हो । यसमा बारेकोटवासी पहिले जस्तै खुसी छन् ! जतिबेला बारेकोटबाट दुई दिन लगाएर सदमुकाम खलंगा पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका थिए ।
आज बारेकोटले राम्रो पहलकै कारण एम्बुलेन्स उपहार पायो, भोली राम्रो काम गरेर पालिका बस नै पाएँ बारेकोटवासी खुसी नै हुन्छन् । यो जसले जे गरे पनि बारेकोटकै लागि हो ।
तर, जिम्मेवार पदबाट गैरजिम्मेवार अभिव्यक्ति भने नयाँ निर्वाचित अध्यक्ष वीरबहादुर गिरीले दिन पछि हटेनन् । बधाई, स्वागत, धन्यवाद यी अभिव्यक्तिले खासै कसैलाई केही फरक पर्दैन । फरक परे यो एउटा संयोग मात्रै हुनेछ ।
बारेकोटका नयाँ अध्यक्ष गिरीले दिएको अभिव्यक्तिले भने फरक मत पक्कै राख्यो । उनले पहलका लागि निवर्तमान अध्यक्षलाई धन्यवाद र दुतावासप्रति आभार व्यक्ति गरेर जिम्मेवारी त पुरा गरे तर एम्बुलेन्सलाई स्वागत भने गैरजिम्मेवारबाटै गरे ।
अन्तिममा उनले भनेका छन् – ‘सब थोक यो होइन यो उपहार समान्य पनि छैन हाम्रा लागि । तर हामीले धेरै गर्न बाँकी छ यो सत्य सबैले आत्मसात गर्न जरुरी छ ।’ यति भने पछि अध्यक्ष गिरीले यो पनि नछुटाएका भए बहसको खासै अर्थ रहदैन्थ्यो । तर, अन्त्यमा गैरजिम्मेवार स्वागतले बहस निम्त्याएको हो ।
एम्बुलेन्स बुझेर बारेकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र शाहले लेखेका छन् – ‘भूमिका बदलिएको हो, जिम्मेवारी बदलिएको छैन । हिजो, आज र भोलि निरन्तर बारेकोटको समृद्धि र विकासका पक्षमा लागिरहने छु । अपुरा कामहरू पूरा गर्नु, बाँकी रहेका कार्यभार सम्पन्न गर्न वर्तमान नेतृत्वलाई सहयोग गर्नु बारेकोट र बारेकोटी जनताप्रति मेरो धर्म र कर्तव्य हो, निरन्तर लागिरहने छु । मेरो कार्यकालमा बाँकिरहेको एम्बुलेन्स सेवा अबदेखि सुरू हुनेछ । बारेकोट गाउँपालिकालाई भारतीय राजदुतावासले विधिवत् रूपमा हस्तान्तरण गरेको छ । ग्रहण निवर्तमान अध्यक्षको हैसियतले मैले गरेको छु । वर्तमान अध्यक्ष वीरबहादुर गिरीलाई प्रदान गर्नेछु । विश्वास छ, जनमुखि सेवा निरन्तर गाउँपालिकाले प्रवाह गर्नेछ । महत्त्वपूर्ण सम्पति गाउँपालिकामा प्राप्त भएकोमा बधाई छ, गाउँपालिका समग्र जनता अनि अध्यक्ष वीरबहादुर गिरी लगायत गाउँपालिका परिवारलाई सबैलाई । नेपालस्थित भारतीय राजदुतावाससँगको झण्डै २ बर्षलामो मेहनत र समन्वयबाट एम्बुलेन्स प्राप्त भएको छ । जसले जुन–जुन ठाउँबाट सहयोग गर्नु भो सबैप्रति हार्दिक आभार सहित धन्यवाद ।’
![](https://www.karnaalikhabar.com/uploads/editor/barekot/2.JPG)
हो ! नयाँ अध्यक्ष गिरीकै भाषामा एम्बुलेन्सल सबथोक होइन, ७५ वटा एम्बुलेन्स नेपालका विभिन्न पालिकाले पाउने क्रममा बारेकोटले पनि पायो । तर, नबिर्सो छिमेकी पालिकामा एम्बुलेन्सल नभएकै कारण कैयौँले अकालमै ज्यान गुमाएका छन् ।
फेरि डोकोमा विरामी बोकेर अस्पतालसम्म पुग्ने बारेकोटवासीले केही राहत भने पाउने नै छन् । जसको पहलले पनि बारेकोटकै विकास हुने हो, बारेकोटीले नै सेवा पाउने हुन् ।
तर, यसैलाई लिएर सत्तासीनले विरोधाभास अभिव्यक्त गर्ने र प्रतिपक्षले यसैमाथि राजनीति गर्न बन्द गर्नुपर्छ । ओली, प्रचण्ड देउवा प्रवृत्तिलाई गोडमेल गर्नुभन्दा राजनीतिक आचरणलाई भुल्न हुँदैन ।
कसैले ! कसैको खेदो खनेर विकास हुने होइन, सबैले हातेमालो गरेर मात्रै विकास र सवृद्धिको सम्भव छ । एम्बुलेन्स बारेकोटले उपहार पाएको छ । यहीँ तवरबाट बारेकोटीले सेवा र सुविधा पाउनुपर्छ ।