८ चैत, जुम्ला । वर्षौ देखि ईन्टरनेट तथा टेलिफोनको सेवाभन्दा सास्ती खेपिरहेका दुर्गमका नागरिकले अझै एक महिना असुविधा भोग्नु पर्ने भएको छ । सहज र सरल रुपमा नियमति बत्ती,राम्रो टेलिफोन र फाष्ट ईन्टरनेट नपाएका जुम्ली नागरिकले अझै एक महिना फाटफुट रुपमा मात्रै ईन्टरनेट पाउने भएका हुन ।
पटक पटक टावर जाने,ईन्टरनेट अबरुद्ध हुने समस्याले जुम्लाका नागरिक आजित भईसकेका छन् । सुधार गर्ने भन्दै महिना वर्ष बितिसक्दा पनि सहज टेलिफोन तथा ईन्टरनेट सेवा नपाउँदा उपभोक्ता मारमा परेको नागरिक समाजका अध्यक्ष राजबहुर महतले बताए । अब फाष्ट ईन्टरनेट चल्ने भयो भनेर खुसी हुनुपर्ने बेलामा अझै महिनादिन सेवा अबरुद्ध हुने कुरा दुखद भएको अध्यक्ष महतको भनाइ छ ।
टावर जाने, ईन्टरनेट नआउने समस्याले मिडियाकर्मीलाई बढी सास्ती भएको पत्रकार महासंघका केन्द्रिय सदस्य पुर्णप्रसाद चौलागाईले बताए । उनले भने, “जुम्लामा नियमित बत्ती नआउँदा उद्योगी व्यापारी मारमा छन् । भने,टेलिफोन ईन्टरनेट नआउँदा संचारकर्मी, बैंक तथा वित्तिय क्षेत्र लगायत लाखौ उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन । ”
बेला बेला टावर जाने,ईन्टरनेट अबरुद्ध हुने समस्याबाट आजित जुम्ली नागरिकले अझै एक महिला सम्म ईन्टरनेट फाटफुट रुपमा मात्रै आउने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरपछिको दोस्रो ठुलो शहर जुम्लामा आगामी एक महिला सम्म ईन्टरनेट फाटफुट आउने र बढी समय अबरुद्ध हुने देखिएको हो ।
इन्टरनेट क्षमता भन्दा दोब्बर ग्राहक भएपछि इन्टरनेट सेवा करिब एक महिना सम्म नियमित रुपमा राम्रो संग ईन्टरनेट नआउने नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । जम्मा ४ सय ८९ एमबी मात्रै क्षमता भएको इन्टरनेट जुम्लामा ग्राहक क्षमता भन्दा दोब्बर भएपछि ईन्टरनेट र टेलिफोन सेवामा समस्या आएको प्रमुख श्रेष्ठको भनाई छ ।
उनले भने, “ल्याण्डलाईनको क्षमता ७ सय २५ लाईन भएकोमा हाल सम्म ७ सय ५ लाईन प्रयोग भईसकेको छ । त्यस्तै,लिज लाईन,एडिसियल लाईन विटिएस लाईन, फोजी, थ्रि जी लगायतका सबै लाईनको क्षामता भन्दा दोब्बर ग्राहक हुँदा समस्या आएको हो ।”
साथै चालु आवमै जुम्लाका तिला,तातोपानी, सिंजा लगायतका ५ टाउँमा टेलिकमको सेवा र क्षमता विस्तार गरेपनि झनै लोड बढेर सेवा प्रभावित भएको प्रमुख श्रेष्ठले उल्लेख गरेका हुन । गएको दशै यता १५० एमबी बढाएपनि ग्राहकको संख्या बढेपछि समस्या भएको हो । क्षमता बढाउनुको विकल्प नभएको प्रमुख श्रेष्ठले बताए । क्षमता बढाउनका लागि पटक पटक माग गरेको तर नेपालमा सामाननै आई नपुगेकोले गर्दा ढिलाई भएको प्रमुख श्रेष्ठको दाबी छ । उनले भने,“
“क्षमता बढाउन प्रयोग हुने टान्समिसनको सामान कोलकत्ता बन्दरगाह आईपुगेको छ । काठमान्डौ आउन एक महिला लाग्ने छ । त्यसलगत्तै जुम्ला सामान पुगेपछि हालको भन्दा दोब्बरले ईन्टरनेट सेवामा सुधार आउछ ढुक्क हुनुहोस् ।”
आगामी बैशाख पहिलो हप्ताबाटै ईन्टरनेटको क्षमता अभिबृद्धि गर्ने गरी तयारीमा जुटेको प्रमुख श्रेष्ठले जानकारी दिए । लोड धेरै भएपछि ईन्टरनेट अबरुद्ध छ । यसबाट आम उपभोक्तामा संगै ईन्टरनेट नचल्दा वित्तिय क्षेत्रलाई समेत समस्या भएको छ । ईन्टरनेट नआउँदा बैकका सबै काम ठप्प भएको राष्ट्यि बाणिज्य बैंकक बरिष्ठ सहायक हेमन्त न्यौपानेले बताए ।