सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा मानिसका लागि प्रयोग गर्न अयोग्य जीवाणु कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार र वडा नम्बर ५ र ६ का लागि आर्पुती हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परिक्षण गर्ने क्रममा सो जीवाणु भेटिएको हो ।
स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ती फडेराले खानेपानीको ल्याब परिक्षण गर्ने क्रममा कोलिफर्म र इकोली भेटिएको बताए । सिमकोट खानेपानी योजनाको मुहान, इन्टेक, रिर्जभार ट्याङ्की र घरघरका धाराको पानी परिक्षण गर्ने क्रममा सो जीवाणु देखिएको होे ।
जुन जिवाणुुमा मानिस र पशुबस्तुको दिसाको किटाणुु देखिएको हो । यसरी सिमकोटको पानीलाई यसअघि परिक्षण गरिएको थिएन । पहिलो पटक परिक्षण गर्दा सो जीवाणु देखिएको हो ।
त्यसैगरि सिमकोट – ६ को मुग्रधाराको पानी परिक्षण गर्दा सो जीवाणु देखिएको थियो । यता पानी परिक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ३ को लाङ्दुु गाउँको खानेपानीको मुहानमा परिक्षण गर्दा नदेखिएको तर ब्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ ।
सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसको लागि प्रयोग योग्य पानी नभएको कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गरे । हाल सिमकोटमा झाडापखाला, टाईफाईड र आउ जस्ता रोगका बिरामी देखिनुुको कारण सो पानी हुन सक्ने उनले बताए ।
उनले खानेपानीको मुहान, इन्टेकको संरक्षण नगरि खुल्ला भएको कारण पानी दूषित भएको हुन सक्ने बताए । खानेपानी आपुुर्ती गर्दै आएको उपभोक्ता सहितलाई मुहान, इन्टेक धाराहरुको संरक्षण कार्य गर्नु पर्ने देखिएको हो । उक्त पानी आठ हजार भन्दा बढी जनसंख्याले प्रयाग गर्दै आउनुु भएको छ ।
शाखाले यसअघि फिक्स टिक मेशिनबाट ठेहे र डाँडाफया गाउँमा पानी परिक्षण गर्दा उक्त जिवाणुु देखिएको भएपनि सो त्यति बिस्वासिलो नभएको कारण युनिसेफ नेपालसंग नयाँ मेशिन माग गरेको थियो ।
युुनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम (वास) का संयोजक जंगबहादुुर रोकायाले हाल पानी परिक्षण गर्ने वाकटेक मेशिन सहित जनशक्तिलाई तालिम दिएपछि पानी परिक्षणमा सहज भएको बताए ।
अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेशिन सहित जनशक्ति पुुगेर परिक्षण गरिने भएको छ । त्योसंगै गाउँपालिकाको स्वास्थ्य शाखाले अब नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य ल्याव परिक्षण पछि मात्र निर्माण गरिने जनाएको छ ।