फाइल फोटो - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
कर्णाली : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा छ । अब, प्रतिष्ठानले डायलासिस सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक डा. राजीव शाहका अनुसार, मन्त्रालयले प्रतिष्ठानलाई डायलासिस उपकरण उपलव्ध गराएपछि डायलासिस सेवा सुचारु हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सेट डायलासिस उपकरण उपलव्ध गराएपछि अब जुम्लामा रहेको प्रतिष्ठानमै डायलासिस सेवा सुचारु हुनेछ ।
स्थापना भएको ११ वर्ष भइसक्दा पनि मृगौला रोगीको उपचार डायलासिस सेवा प्रतिष्ठानले दिन सकेको थिएन । जसले गर्दा बिरामीलाई अन्य अस्पतालमा रिफल गर्नुपर्ने बाध्यता थियो । उपकरण आएपछि त्यो बाध्यताको पनि समाधान हुने डा. राजीव शाहले जानकारी दिए ।
हाल प्रतिष्ठानले आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, सल्यक्रिया सेवा, प्रसुति सेवा, डाइगनोस्टिक सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिइरहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलका अनुसार, एकेडेमीतर्फ स्कूल अफ पब्लिक हेल्थ, स्कुल अफ नसिंङ्ग, स्कुल अफ मेसिन रहेको छ। स्कुल अफ नसिंङ्गमा स्टाफ नर्स, ब्याचलर इन मिडवाइफ्रि, एमडी, बी फार्मेसी, नर्सिङ र एमबिबिएस अध्यापन गर्दै आएको छ ।
देशभर डायलासिस उपकरण उपलब्ध गराउने क्रममा सुर्खेतस्थित प्रदेश अस्पताल ४ सेट उपकरण गराएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा करिब ६ हजार मिर्गौला बिरामी डायलासिसमा छन् ।