१० चैत, कर्णाली । पछिल्लो समय कर्णालीका धेरै शिक्षकहरु राजनितिकमा सक्रिय बन्दै गएका छन । बिद्यालय जस्तो पवित्र स्थानमा फोहोेरी राजनितिक आस्था प्रवेश गराएर लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पारिदिएका छन ।
उसोत कर्णालीका बिद्यालयहरु कुनै पार्टी कार्यालय भन्दा फरक नपर्ला । शिक्षकहरु बिद्यालयमा आएपछि बिद्यार्थीलाई राजनैतिक आस्थाका बिषयमा गुणगान गाउन लगाउँछन । अनि हरेक बिद्यालयमा अनेरास्ववियु, नेबिसंघ, क्रान्तिकारी बिद्यार्थीहरु संगठन नभएको बिरलै भेटिन्छन् ।
सोमवार, प्रदेश नम्बर ५ कोहरपुरको एउटा होटेलमा जाजरकोट शिवालय गाउँपालिका – ७ मा अवस्थित श्री वीरेन्द्र माध्यमिक बिद्यालयका प्रधानध्यापक शेरबहादुर खत्री, वीरेन्द्र माविमै स्थायी शिक्षक तिलकबहादुर खत्री, शिवालय गाउँपालिकामा करार कर्मचारीका रुपमा कार्यरत छत्र हमालले होटेलमै एक स्थानीय कृष्ण शाहीलाई नेपाली कांग्रेसबाट नेकपा एमालेमा प्रवेश गराए ।
प्रवेश ठुलो कुरा होइन, व्यक्तिको आस्था विचार जुन पार्टीको पनि हुन सक्छ र हुन्छ । उक्त व्यक्तिलाई नेपालको संविधानको धारा १७ पढ्न सक्ने अक्षरमा लेखिएको छ ।“विचार र अभिव्यक्तिको स्वतन्त्रता”
प्रश्न यहाँ उब्जिएका छन । एक जिम्मेवार शिक्षक मात्र होइन प्रधानध्यापकनै बिद्यालय बन्द अबस्थामा राखेर पार्टीको कार्यक्रमा हिडिरहेका छन । तीनै शिक्षकहरुले विद्यार्थी र स्थानीयलाई फोहोरी राजनितिकको परिभाषा सिकाई रहेका छन । आफुले बल गरेर आफ्नो पार्टीका गुणगान गाउन लगाई रहेका छन ।
यता प्रधानध्यापकनै राजनितिकको झोले बनेपछि उक्त विद्यालयको अबस्था के छ होला ? गम्भीर प्रश्न ! सम्बन्धित निकायले यस्तो हर्कत गर्नेलाई कारवाही गर्छ ? प्रश्न फेरी उब्जिन्छ । ती प्रधानध्यापक र शिक्षकहरु नमुना मात्र हुन । पछिल्लो कर्णालीका अधिकांश शिक्षकहरु पार्टीमा सक्रिय बन्दै गएका छन ।
विचार अभिव्यक्तिको स्वतन्त्रता छ । स्थानीयले बुझ्ने भाषामा यो पनि छ होला ? विद्यालय जस्तो पवित्र ठाउँमा राजनितिकले भरीभराउ गर्न मिल्छ ? । बिहान बेलुका मजदुरी गरेर आफ्ना छोरा छोरीहरुलाई बिद्यालय पठाउँने कर्णालीका अभिभावकहरु चिन्तामा परेका छन ।
अघिल्लो फागुन महिनाको अन्तिम साता जाजरकोटको बारेकोट – ४ मा अवस्थित श्री गोरख प्राविका प्रधानध्यापक मीनराज सिंह नेपाली कांग्रेसको शिक्षक संगठन नेपाल शिक्षक संघमा प्रवेश गरे । शिक्षकहरुलाई शिक्षकद्धारा एकअर्काको पार्टीमा प्रवेश गर्ने कार्य जारीनै छ । तर कर्णालीका थुर्पै शिक्षकहरु पार्टीको झोले बन्न पुगेका छन । लाखौ विद्यार्थीहरुको भविष्य अन्योलमा परेको बुद्धिजीवी बताउँछन ।