काठमाडौँ : कर्णालीखबरले कर्णाली प्रदेश सरकारका पाँच वर्षको समीक्षा गर्ने भएको छ । २०७४ सालको प्रदेशसभा चुनावबाट कर्णाली प्रदेशसभा र कर्णाली प्रदेश सरकारका पाँच वर्षे उपलब्धी तथा अभ्यासका बारेमा कर्णालीखबरले श्रृङ्खलाबद्ध समीक्षा गर्ने भएको हो ।
कर्णाली प्रदेश सरकार स्थापना भएदेखि हालसम्म भएका घटनाक्रम, देखिएका दृश्यको विश्लेषण, नागरिकको आवश्यकतामाथि नेता र मन्त्रीको बेवास्ता तथा उनीहरुले आफ्नो कार्यकालमा गरेको कामको बारेमा श्रृङ्खलाबद्ध सामग्री प्रकाशित हुने भएका हुन् ।
कर्णाली प्रदेश सरकारको पाँच वर्षमा दुई मुख्यमन्त्री, दुई कार्यकाल सरकार, झण्डै २० जना मन्त्री बनेका छन् । उनीहरुले आफ्नो कार्यकालमा गरेका काम, भए गरेका उपलब्धी र हासिल गरेका अनुभवका विषय पनि सामग्रीमा समटिनेछन् ।
यसबीचमा प्रदेश सरकारका पूर्वमन्त्री, मन्त्री, सांसद, दलका प्रमुख सचेतक, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री, कर्णालीका निजी क्षेत्रका नेतृत्व, सरोकारवाला, विज्ञ, विशेषज्ञ लगायतको धारणा पनि क्रमशः कर्णालीखबरमा प्रकाशित हुनेछन् ।
यस्तै दोभान मल्टिमिडियाले कर्णाली प्रदेश सरकारको पाँच वर्षे समीक्षा कार्यक्रमको आयोजना पनि गर्नेछ ।