११ चैत, सल्यान । सल्यानमा क्षयरोगका बिरामी दर घट्दो क्रममा रहेको पाइएको छ । चार वर्षको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा क्षयरोगका बिरामीको दर घट्दो क्रममा देखिएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा ९० जना, आ।व २०७५र०७६ मा ७६, आ।व २०७६र०७७ मा ६० जना क्षयरोगी फेला परेका छन् । क्षयरोगी विरामीहरुले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्ने हुँदा निको हुनेको संख्या पनि बढी रहेको कार्यालयका सूचना अधिकारी थलराज डि।सी।ले जानकारी दिए ।
जिल्लाको कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र कालिमाटी गाउँपालिकामा क्षयरोगी रहेको उनको भनाई छ । सबैभन्दा थोरै कुमाख गाउँपालिकामा रहेका छन् । क्षयरोग श्वास–प्रश्वासको माध्यमबाट हावाद्वारा सजिलै सर्ने सङ्क्रामक रोग हो । यो रोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम ट्युबरक्लोसिस भनिने सूक्ष्म जीवाणुबाट हुन्छ । उनले भने क्षयरोग दुईप्रकारको हुन्छन् स् फोक्सोमा लाग्ने र फोक्सोभन्दाबाहेकका अन्य अङ्गमा लाग्ने ।
क्षयरोग लागेका व्यक्तिमा दुई हप्ता वा सोभन्दा बढी समय लगातार खोकी लागिरहनु, साँझपख हल्का ज्वरो आउनु, खकारमा रगत देखिनु, शरीरको तौल घट्दै जानु, खाना खान नरुच्नुजस्ता लक्षणहरू देखापर्छन् । यस्ता लक्षणहरू देखिएका व्यक्तिहरूले नेपाल सरकारअन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क खकार जाँचका साथै रोग देखिएमा औषधिसमेत निःशुल्क हुने डिसीको भनाई छ ।
विश्व स्वास्थ्य सङ्गठनले क्षयरोगमुक्त विश्व बनाउने परिकल्पना अनुसार सन् २०१६ देखि २०५० का लागि ‘त्जभ भ्ल्म् त्द्य क्तचबतभनथ’ सार्वजनिक गरेको छ । क्षयरोगबाट हुने बिरामी र मृत्युदर घटाई रोग सर्ने प्रक्रियालाई रोक्न यसलाई जन स्वास्थ्यको समस्याको रूपमा रहन नदिने पनी विश्व स्वास्थ्य संगठनको निति छ । सन् २०५० सम्म नयाँ क्षयरोगका बिरामी दर १० जना प्रति १ लाखमा झार्ने , क्षयरोगका कारणबाट हुने बिरामी दर कम गर्ने र मृत्यु हुने दर शून्य गर्ने नेपाल सरकारले लक्षय राखेके छ ।