विज्ञान तथा प्रविधि प्रतिष्ठानले परम्परागत प्रविधिको क्षेत्रमा काम गरिरहेको छ । विशेष गरी कृषि तथा खाद्यान्नका स्थानीयस्तरमा पर्याप्तता सामग्रीहरू बनाउँछौ । स्थानीय स्थलमा पाइने उत्पादन र सामग्रीहरूलाई अभिलेखीकरण र ब्रान्डिङ गर्न जरुरी छ । कर्णाली प्रदेश प्राकृतिक स्रोत साधन र सम्पदाको धनी भनेर चिन्छौँ । यसमा जडिबुटी एउटा एकदमै धेरै चासोको विषय हो । यसका लागि नास्टले एउटा प्रदेशमा एउटा केन्द्र खोल्ने योजना बनाएको छ ।
हामीले सुदूरपश्चिम प्रदेशमा जडीबुटीसँग सम्बन्धित केन्द्र खोलिसकेका छौँ । काठमाडौंमा रहेको नास्टले नेपालभर काम गरिरहेको छ । परम्परागत प्रविधिसँग सम्बन्धित केन्द्र हामीले लुम्बिनी प्रदेशमा स्थापना गर्ने तयारीमा छौँ । केन्द्र लुम्बिनी प्रदेशमा स्थापना भए पनि हामी कर्णाली प्रदेशसँग के आग्रह गर्न चाहन्छौँ भने हामी मिलेर काम गरौँ । बजेटको अभाव हुनसक्छ । स्थानीय तहबाट बजेट विनियोजन भयो भने हामी जहाँबाट पनि काम गर्न सक्छौँ ।
हामीले परम्परागत प्रविधिहरूको घरघरमै गएर अभिलेखीकरण गर्छौं । जुन सीप त्यो समुदायमा छ त्यसलाई सबैभन्दा पहिले पहिचान गर्नुपर्छ । सीप र परम्परागत प्रविधिहरू समाजमा भएर पनि हामीलाई थाहा नहुने सबैभन्दा ठूलो समस्या रहेको छ । अभिलेखीकरणको काम चलिरहेको छ । केही कुराहरूलाई हामीले ब्राण्डिङ तिर पनि लैजाँदै छौँ । जस्तो ह्विस्की बनाउने तरिका र त्यसबाट आउने उत्पादनहरू छ । त्यसलाई हामीले ग्रेडिङ गर्दा विभिन्न प्रकारहरू हुन्छ ।
तर जुन परम्परागत प्रविधिले बनाइने गरिन्थ्यो । जुन क्वालिटी आउँथ्यो । त्यो एकैनासको होस भन्ने कुरालाई हामीले विशेष ध्यान दिन्छौँ । त्यो मात्र नभइकन घट्ट जुन पछिल्लो समय लोप हुँदै गइराखेको छ । त्यो खालको प्रविधिलाई अगाडि ल्याउने र नयाँ पुस्तालाई पुरानो प्रविधिबारे थाहा होस् भन्ने हो । जाँतो कसरी चलाउने भन्ने अहिलेको पुस्तालाई थाहा छैन होला ।
हामीले सबैभन्दा पहिले उचित प्रविधिको पहिचान गर्न आवश्यक छ । ती पहिचान गरिएका प्रविधिहरूलाई प्रवद्र्धन गर्नुपर्छ । प्रवद्र्धन स्थानीय तह वा प्रदेश सरकारबाट हुनसक्छ । ती प्रविधिहरूलाई सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न जरुरी छ ।
(ऋति फाउण्डेसनले सुर्खेतको बुलबुले ताल परिसरमा २०७८ फागुन २७, २८ र २९ गते आयोजना गरेको कर्णाली उत्सवको तेस्रो संस्करणको ‘आरन, अन्वेषण र आविष्कार’ सेसनमा नास्टकी वैज्ञानिक कविता पाण्डे ठाकुरले राखेको धारणाको सम्पादित अंश । यो सामग्री कर्णाली उत्सव र साझा बिसौनाबाट लिइएको हो - सम्पादक)