कर्णाली १०० व्यक्तित्व नं. : १००
नाम : महेन्द्रबहादुर शाही
पद : पहिलो मुख्यमन्त्री, कर्णाली प्रदेश
पेशा : राजनीति
काठमाडौँ : महेन्द्रबहादुर शाही कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री हुन् । कालिकोटमा जन्मेका शाही संघीय सरकारमा ऊर्जा मन्त्री भइसकेका व्यक्ति हुन् । २०७४ सालको चुनावमा कालिकोटबाट प्रदेशसभामा निर्वाचित शाही नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका संसदीय दलका नेता हुन् ।
पहिलो कर्णाली प्रदेश सरकारमा शाही तत्कालीन नेकपाबाट पहिलो मुख्यमन्त्री बनेका हुन् । कर्णाली प्रदेश सरकारको पहिलो मुख्यमन्त्री हुँदा शाहीले इतिहास रचेका हुन् । कर्णाली प्रदेश सरकारको सुरुवात र कार्यकारी पदको हिसाबले कर्णालीमा विकास तथा समृद्धिको सुरुवात गरेका व्यक्ति हुन् ।
मुख्यमन्त्री शाहीले आफ्नो पालामा प्रदेश सरकारका संरचनाको विकास गरेका थिए । त्यसबाहेक कर्णालीको पहिलो सरकारको नेतृत्व, प्रदेश संरचनाको विकास र कर्णालीको राजनीतिलाई थोरै भएपनि समृद्धि र स्थिरता दिने प्रयास मुख्यमन्त्री शाहीबाट भएको थियो ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]