काठमाडौँ : खेल हो, हारजित स्वभाविक हुन्छ । तर, कुनै खेल यस्ता हुन्छन् । कहिले कँही स्तरीय खेल प्रर्दशन गर्दा पनि नतिजा आफ्ना पक्षमा ल्याउन सकिदैन् । यस्तै भयो, अखिल नेपाल फुटबल संघ एन्फाद्धारा आयोजित शहिद स्मारक सी डिभिजन लिग छनौट खेलमा हुम्ला फुुटबल ऐकेडेमीको अवस्था पनि ।
गत शनिवार ऐकेडेमीले आफ्नो पहिलो खेल गोर्खा ब्वाईज क्लव रुपन्देहीसंग भिडेको थियो । खेलको अतिरिक्त समय सहित ९५ मिनेटको समयमा अधिकाँश समय खेल आफ्नो प्रभावमा राख्न सफल भए पनि नतिजा भने आफ्नो पक्षमा ल्याउन भने सकेन । र अन्ततः सो प्रतियोगितामा गोर्खा ब्वाईज क्लव रुपन्देहीसँग हुम्ला ऐकेडेमी दुुई गोल खाएर पराजित हुन पुग्यो ।
पहिलो गोल किपरको कमजोरीको फाईदा उठाउन सफल भएको थियो । गोर्खा व्याईज क्लब भने अन्तिम समयमा पनि त्यस्तै कमजोरीको कारण पेनाल्टीबाट ऐकेडेमी गोल खान बाध्य भएको थियो ।
बिपक्षी माथि लगातार आक्रमण गरेको ऐकेडेमीले पाँच वटा फ्रि किकको सदुपयोग गर्न नसक्नुु नै ठुलो कमजोरी रहेको देखिन्थ्यो । त्यसैले ऐकेडेमीका ब्यवस्थापक बिष्णुु रावत खेल स्तरीय हुँदा हुँदै पनि परिणाम आफ्नो पक्षमा आउन नसकेको स्वीकार गर्छन ।
उनको बुुझाईमा दुुर्गमबाट काठमाडौं आएर खेल्नुु, धुलाम्मे मैदानबाट दुवोको मैदानमा प्रतिष्प्रर्धा गर्नु, सिमित अभ्यास जस्ता कुराले खेलको नतिजा आफ्नो पक्षमा आउन नसकेको उनी बताउछन् ।
त्यस माथि खेलाडीहरु सिमित, व्यक्तिगत रुपमा प्राप्त सहयोगले प्रतियोगितामा सहभागीता जनाई रहेका छन् । त्यो पनि कुनै सुविधा सम्पन्न होटेलमा नभएर काठमाडौंमा रहँदै आएका आफन्त तथा साथी भाईको कोठामा बसेर खेलाडीहरु अभ्यास गर्दै आएका छन् ।