नाम : डा.डम्बर खड्का
पेशा : स्वास्थ्यकर्मी
पद : प्रमुख, कर्णाली प्रदेश अस्पताल
कर्णाली व्यक्तित्व नं. : ८९
काठमाडौँ : नाम मात्रै सुन्दा पनि कर्णालीलाई सबैले विकटता भनिरहेकै छन् । तर एकपटक कर्णाली प्रदेश अस्पताल परिसर पुगेकाहरुले भने कर्णालीको विकासे फड्कोलाई आत्मसात गर्दै सोच बदल्न बाध्य हुन्छन् ।
डा.डम्बर खड्काले नेतृत्व गरेको कर्णाली प्रदेश अस्पतालको रुपरंग अहिले पूरापुर फेरिएको छ । कर्णाली प्रदेशको एक मात्रै ठूलो क्षमताको अस्पताल अहिले आधुनिक, डिजिटल र व्यवस्थित मात्रै छैन, रोगको उपचार गर्न अस्पताल पुगेका बिरामी र आफन्त फोटो खिचेर फेसबुकमा हाल्न मिल्ने उत्कृष्ट नमूनाको छ ।
डा.खड्का मेडिकल सुपरीटेन्डेन्ट अर्थात प्रमुख भएपछि अस्पतालको भौतिक संरचना र व्यवस्थापन फेरिएको हो । सुरुमा नेतृत्व सही नहुँदा प्रदेश अस्पताल भद्रगोल थियो । तर नयाँ भवन निर्माणसँगै सञ्चालन भएपछि कर्णाली प्रदेश अस्पताल देशकै नमूना अस्पतालका रुपमा सञ्चालित छ । यद्यपी अस्पताल अझै पूर्ण र सबै किसीमका उपचार सम्भव हुने अस्पताल हुन बाँकी छ ।
यसको सिधा श्रेय डा.खड्कालाई जान्छ । खड्काले अस्पतालमै आफ्नो आमा बुवाको सम्झनामा ५० लाख रुपैयाँको अक्षयकोषको स्थापना समेत गरेका छन् । गरिब, असहायका लागि उपचार गर्न सहज होस् भन्ने उद्धेश्यले उनले अक्षकोषको स्थापना गरेका हुन् ।
युवा, जोशिला र केही नयाँ गरौ भन्ने भिजनसहित कर्णाली प्रदेश अस्पताललाई देशकै नमूना अस्पताल बनाउने कामको नेतृत्व गर्ने डा.डम्बर खड्कालाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा ८९ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]