१४ चैत, खलंगा । जुम्ला नेपालमै कलाकृतिले भरीएको उद्घम थलो हो । जुम्लाको सिंजामा कलाकृतिले भरिएका विभिन्न किसिमका आकृति अहिले पनि देखिन्छन । सिंजाबाट नेपालमा विभिन्न कलाकृतिले भरिएका आकृतिहरु ओसार पसार समेत हुन्थियो ।
जुम्लाको हिमा गाउँपालिका – ४ कालिकाखेतुमा रहेको काठेपुल रारा जाने मुलबाटोमा पर्छ । वारिपारिबाट कर्णालीका घरहरुले हिमा नदिलाई ढपक्कै ढाकिरहेका छन ।
हिमा नदि वारपार गर्न बनाइएको मौलिक परम्परागत काठेपुल देख्दा मन निकै लोभिन्छ । काठेपुलमा केहि व्यक्तिहरुका मुर्ति समेत बनाइएको छ । जो स्वर्गीय राजा वीरेन्द्र रानी ऐश्वर्या, युवराज दीपेन्द्र लगायतको जस्तो देखिन्छ । ती मुर्तिहरु धार्मिक रुपमा सजिएका छन । धजाहरु बाधिँएको छन ।
उक्त मुर्तिहरुको छेउमा लेखिएको पनि छ निर्माणकर्ता कालो तिरुवा । कर्णालीका हरेक पाईला पाईलामा पर्यटकीय सम्भावनाको खोजी गर्छ । ती हरेक स्थलहरु पर्यटनले भरीभराउँ छन । स–साना नदिलाई वारपार गर्न बनाइएका ती काठेपुल नमुना मात्र हुन । कर्णालीका अधिकांश स्थान जुम्ला, डोल्पा, हुम्ला, मुगु लगायतका स्थानमा काठेपुलहरु थुर्पै भेटिन्छन ।
यता पर्यटकको पर्खाइमा रहेका जुम्ली काठेपुल विस्तारै ओझेलमा पर्दैछन । प्रविधिको बिकास संगै कर्णालीका विभिन्न स्थानमा फलामे पुल निर्माण गर्न जोड् गरिएको छ । यसले गर्दा मौलिक सांस्कृतिक पुर्वक बनाएका काठेपुलहरु विस्तारै ओझेलमा पर्न थालेको कालिकाखेतुकी स्थानीय चन्द्ररुपा रोकायले बताइन । उनले भनिन, “ हिमाका सबै ठाउँमा भरिभराउ थिए । अहिले विस्तारै बिनाश हुदै गएका छन ।”
मौलिक रुपमा बनाइने काठेपुलको संरक्षणमा कर्णाली सरकारबाटै चरम वेवास्ता देखिएको छ । लाखौं पर्यटकको रोजाइमा परेका काठेपुल कर्णाली प्रदेश सरकारले संरक्षणमा जोड दिए, पर्यटकको आकर्षण बढ्ने स्थानीयको भनाइ छ ।
जुम्ला ऐतिहासिक नेपाली भाषाको उद्घम थलो जस्तै अरु ठाउँपनि पर्यटकको रोजाइमा पर्ने गरेका छन । ती मध्ये मान्छेले हातले नै बनाएका कलाकृति झन महत्वपुर्ण छन ।
जस्को न संंरक्षण भएको छ । नत ती कलाकृति भएका पुलको बिकास नै । काठेपुलको विकल्पमा अहिले झोलुङ्गे पुल र पक्की पुल बन्न थालेपनि ऐतिहासिक काठेपुल ओझेलमा परेका हुन । अब ऐतिहासिक महत्व बोकेका काठेपुलको संरक्षण गरिएन भने यी पुलको महत्व फोटोमै सिमित हुनेछ भने, कर्णालीको कलापनि हराएरै जानेछ ।
तस्विर : लोकेन्द्र विश्वकर्मा