नाम : टीका पुन
पेशा : लोकदोहोरी गायिका
कर्णाली व्यक्तित्व नं. : ८५
काठमाडौँ : सुर्खेतको बागीना समूहबाट गीत गाउन सिक्दै काठमाडौँमा चर्चित बनेकी राष्ट्रिय गायिका हुन्, टीका पुन । २०६२ सालमा काठमाडौँमा आएकी टीका पुन सत्तरीको दशकपछि चर्चाको शिखरमा पुगेकी गायिका हुन् ।
लोकदोहोरीमा विष्णु माझीपछिकी चर्चित र स्वरले धनी गायिका पुन सुर्खेती माटोमा जन्मे हुर्केर संघर्ष गरेकी गायिका हुन् । सुर्खेतबाट काठमाडौँ आएर तीन वर्ष जति दोहोरी साँझमा संघर्ष गरेकी पुनले त्यसबाट आएको पारिश्रमिकले एल्बम निकालेर चर्चामा आएकी हुन् । गीत गायनबाटै आफ्नो जीवन यापन र सफलता हात पारेकी पुन कर्णालीकी चेली हुन् ।
सम्भवतः कर्णालीबाट प्रतिनिधित्व गरेर सफलताको शिखरमा पुग्ने लोकदोहोरी गायिका पनि पुन नै हुन् । मध्यम परिवारमा जन्मेर सुर्खेतबाट काठमाडौँ आएर लोकदोहोरी गायिकामा सफल, उत्कृष्ट र चर्चित बनेकी गायिका टीका पुनलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ८५ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]