नाम : हरिहर बस्नेत
पेशा : शिक्षण
पद : प्राचार्य, एसओएस स्कुल, सुर्खेत
कर्णाली व्यक्तित्व नं. : ८२
काठमाडौँ : अनाथ, असहाय र सहाराविहीन बालबालिकाको उज्यालो र उत्कृष्ट भविष्य बनाउने परिचय बोकेको स्कुल हो, एसओएस । सहाराविहीन बालबालिकालाई शिक्षा दिक्षा दिने एसओएस अन्तर्राष्ट्रिय स्कुल हो । जसको सुर्खेत शाखा सुर्खेतको भैरवस्थानमा सञ्चालित छ ।
एसओएसको नयाँ प्राचार्य हुन्, हरिहर बस्नेत । लामो समय निमित्त प्रधानाध्यापक भएर काम गरेका उनी अहिले परीक्षा दिएर स्थायी रुपमै प्राचार्य नियुक्त भएका हुन् । दैलेखको भगवती गाउँपालिकामा जन्मिएका बस्नेत कर्णालीका नयाँ शैक्षिक ‘भिजिनर’ हुन् ।
आफैँमा व्यवस्थित र उत्कृष्ट एसओएसलाई थप उचाईमा लैजाने विशेष ‘भिजन’ भएका बस्नेत युवाहरुका लागि रोलमोडल हुन् । विद्यार्थी जीवनबाट संघर्ष गर्दै आएका उनी अहिले शिक्षण संस्थालाई नयाँ उचाईमा लिएर स्मार्ट विधिबाट पठनपाठन गराउन सफल देखिन्छन् ।
त्यससँगै शिक्षक र विद्यार्थीमाझ पनि उत्तरदायी प्रअका रुपमा परिचित छन् । एसओएस सुर्खेतको सफल नेतृत्व, युवाहरुको लागि रोलमोडल बन्न सक्ने क्षमता र कर्णालीको शिक्षा क्षेत्रमा केही नयाँ गर्न सक्ने क्षमता भएका हरिहर बस्नेतलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ८२ औँ स्थानमा समेटेका छौँ ।