नाम : सबिता शाही
पेशा : बैकिङ
पद : शाखा प्रबन्धक, राष्ट्रिय वाणिज्य बैंक हुम्ला शाखा
कर्णाली व्यक्तित्व नं. : ७६
काठमाडौँ : कलिकै उमेरमा बैकिङ क्षेत्रमा प्रवेश गरेकी बैंकर हुनु, सबिता शाही । राष्ट्रिय वाणिज्य बैंकको हुुम्ला शाखा प्रबन्धकको जिम्मेवारी सम्हालिरहेकी शाही जिल्लामा चिनिएकी बैंकर हुन् ।
हुम्ला जस्तो दुर्गम जिल्लामा बैंकको सेवा सुविधा सहज छैन् । जहिल्यै समस्या खडा भई रहने समस्या हुम्लामा बैंकिङको काम चुनौतिपूर्ण छ । यो चुनौति स्वीकार्दै हुम्लामा सरकारी स्वामित्वको बैंकमा आम नागरिकलाई सहज रुपमा सेवा दिँदै आएकी छन् ।
२०४७ सालमा हुम्लाको कालिका गाविस– १ को काँखे गाउँ अर्थात अहिलेको अदानचुली गाउँपालिका– ५ मा सबिता जन्मेकी हुन् । सानैबाट पढाईप्रति जेहेन्दार छात्रा भएको र आमा बुवाले पनि छोरी पढाउन सहयोग गरेको कारण उनी अहिलेको अबस्थामा आई पुग्न सामाजिक मुल्य र मान्यताले रोक्न नसकेको हो ।
त्यतिबेला गाईव्स्तुु चराउन र मेलापात गर्नका लागि उनलाई दवाब पनि नआएको होइन । तर यी कुराहरुलाई पन्छाउदै २०६४ सालमा तत्कालीन एसएलसी उतिर्ण गर्दै प्रबिणता प्रमाणपत्र तह भने काठमाडौंको बागबजारको पद्मकन्या बहुुमुुखी क्याम्पसबाट उत्तीर्ण गरेकी हुन । स्नातक तह भने नेपालगंजको सिटी कलेज अफ म्यानेजमेण्टबाट उर्तिण गर्दै स्नाकोत्तर तहको अध्ययन भने काठमाडौंको बानेस्वरस्थित केफए बिजिनिस कलेजबाट एमविए गरेकी हुन् ।
२०७४ सालमा एमबीए गरेकी उनले बैंकिङ क्षेत्रमा आउन । अध्ययनकै क्रममा उनले आफ्नो खर्च जुटाउन मार्केटिङदेखि कलेजमा पढाउने कार्य समेत गर्नु परेको थियो । सानै उमेरबाट आफ्नै मातृभूमिमा बसेर केही गर्नुपर्छ भन्ने मानसिकता राख्ने शाही चिटिक्क परेर सार्वजनिक रुपमा देखा पर्ने गर्छिन् ।
लोकसेवाबाट नाम निकालेर २०७५ सालमा सबिता बैंकिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले जागिरे जीवन राष्ट्रिय बाणिज्य बैंकको नेपालगंज शाखाबाट सुुरु गरेकी हुन । त्यसपछि २०७६ सालमा शाही उक्त बैंकको हुम्ला शाखामा प्रबन्धकका रुपमा सरुवा भएर आएदेखि हालसम्म कार्यरत रहँदै आएकी छन् ।
उनले शाखामा कार्यभार सम्हाल्ने बेला सिस्टमका काम गर्ने कुुरा, ग्राहकलाई छिटो र छरितो सेवा दिने कुरामा निक्कै पछि रहेको थियो । त्यहीबाट उनलाई बैंकलाई अगाडी बढाउनुु पर्ने चुनौती रहेको थियो । त्यतिबेला उनलाई बैंकको शाखा भएर पनि यस्तो हुन्छ र भन्ने जिज्ञासा सेवाग्राहीबाट आउदा लाज लाग्ने गरेको भएपनि त्यसलाई उनले सहजै पचाउथिन र सुधारको बाटोमा लागिन ।
त्यसपछि उनलाई ‘यस्तो पो बैंक’ भन्ने सर्वसाधारणबाट प्रतिक्रिया आउन थालेपछि गर्व लाग्न थालेको थियो । जुन अहिले आएर पुरा भएको छ । असारको समयमा त उनको टिमले राती १ बजेसम्म काम गर्नु सामान्य जस्तै हुने गर्छ । उनका अगाडी अवसर र चुनौती बराबरीको अवस्थामा थिए ।
तर जिम्मेवारीको भारी भने ठुुलै थियो । किन कि हालसम्म सडक यातायता नजोडिएको जिल्ला भएको कारण श्रोत साधनको अभाव भने जहिल्यै चुुनौतीका रुपमा रहेको थियो । इन्टरनेट समस्या, विद्युत अनियमिता, चिनेका कर्मचारी तथा स्थानीय बासिन्दाहरुबाट नियम विपरित भएपनि ‘यो त भैहाल्छ’ भनेर काम गर्न लगाउने समस्या भोग्नुु परिरहेको छ ।
सबै कुरा सुधार गरेकै प्रतिफल कोरोनाको अवधिमा पनि हुम्लामा वाणिज्य बैंकले ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । २०७६।७७ मा घाटामा रहेको बैंकलाई त्यसको अर्को आर्थिक वर्ष ०७७/७८ मा भने ७६ लाख नाफामा पुर्याएकी थिइन् ।
गएको आर्थिक वर्ष ०७८/८९ मा वाणिज्य बैंकले नाफा दोब्बर बनाउँदै एक करोड ४० लाख पुयाृएको थियो । यसरी हुम्ला जस्तो जिल्लामा पनि सबिता अब्बल बैंकिङ कारोबारमा सक्रिय छिन् । जसले गर्दा उनलाई कर्णालीमा अब्बल बैंकर बन्न सघाउ पुर्याइरहेको छ ।
कार्यालयमा टिमलाई परिचालन गर्न सक्ने, नियमित फ्लोअप गर्ने, सिस्टममा काम गर्ने वातावरण बनाउने जस्ता कुरालाई कार्यान्वय गर्दा सफलता प्राप्त गर्न सहज भएको हो । बैंकले बित्तिय साक्षरता उपस्थिती पनि बाक्लै बनाएको छ ।
यसैको परिणाम स्वरुप बैंकको हुम्ला शाखाले प्रविधिको प्रयोग लगाएतका सबै सेवा प्रवाहका क्षेत्रमा फड्को मात्र मारेको छैन । यद्यपी हजारौँ चुनौतिका बाबजुद हुम्लामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई सुधार गरेर नागरिकको सेवालाई सहज बनाउँदै करोडौँ नाफामा लैजान सक्ने बैंकर सबिता शाहीलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७६ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]