रुटिन अफ नेपाल बन्दमा प्रकाशित जाजरकोट बारेकोटको तस्बिर ।
काठमाडौँ : ‘रुटिन अफ नेपाल बन्द’ नेपालको पछिल्लो समय लोकप्रिय फेसबुक पेज हो । ३५ लाख बढी पेजमा लाइक भएको यो पेज पछिल्लो समय निर्णायक र धेरै चर्चित छ ।
यो पेजमा हालेका धेरै कुराहरुले आम नेपालीमा ठूलो प्रभाव पार्न थालेको छ । यो पेजमा पछिल्लो समय कर्णालीका फोटो पनि प्राथमिकताका साथ प्रकाशित हुने गरेका छन् । जसले गर्दा कर्णालीको प्रचार प्रसारमा ठूलो भूमिका खेलिरहेको छ ।
कर्णालीको राम्रो ठाउँको फोटो मात्रै होइन, दुःख, सुख र समस्याका फोटो पनि रुटिन अफ नेपाल बन्दले प्रकाशित गर्ने गरेको छ । कर्णालीका राम्रा फोटोहरु युवा फोटोग्राफर प्रिन्स चन्द, वीरेन इरागन, पूर्णसिंह बम, भाष्कर बस्नेत, सिर्जना सिज्जु लगायतले खिचिरहेका छन् ।
कर्णालीको समस्याका फोटोहरु विभिन्न सञ्चारमाध्यम र रासस बढी प्रयोग भइरहेका छन् । यसअघि कर्णालीका समस्या, गरिबी र संकट मात्रै सञ्चारमाध्यममा समाचार बन्ने प्रवृत्ति भएका बेला हिजोआज ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजले कर्णालीका राम्रो र सुन्दर ठाउँको प्रचार प्रसारमा ठूलो सहयोग गरिरहेको छ ।
यसले कर्णालीका युवा फोटो पत्रकारलाई पनि हौसला दिएको छ । साथै कर्णालीका राम्रो ठाउँको फोटो पनि ‘आरओएनबी’ पेजले प्राथमिकता दिन थालेको छ । विगतमा नेपालमा लोडसेडिङ हुँदा त्यसको तालिका प्रकाशित गर्ने पेजको निर्णायक साथ सहयोगले पछिल्लो समय काठमाडौँका मेयर बालेन शाहले चुनाव जितेपछि झन् चर्चामा आएको हो ।
१. यो कर्णालीका महिलाहरुले बोक्ने डोको र नाम्लोसहितको फोटो हो । डा.नवराज केसीले यो फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यी डोकाहरुमा सधैं झै ढुङ्गाको भारी मात्रै होइन, केही टुक्रा खुशीहरु पनि भिराउने छ। चुनावमा योग्य उम्मेदवारहरुलाई शुभकामना ।’ यो फोटो रुटिन अफ नेपाल बन्दले पनि पोस्ट गरेको छ ।
२. जुम्लाको विमानस्थल । जुन केही माथितिरबाट हेर्दा आकर्षक र मनमोहक देखिन्छ । रुटिन अफ नेपाल बन्दले पोस्ट गरेको यो तस्बिर कर्णालीका फोटोग्राफर प्रिन्स चन्दले खिचेका हुन् ।
३. जुम्लामा वर्षाले बढेको खोलामा सानो काठेपुल तर्दै आमा छोरी । जोखिमयुक्त यो पुलको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रुटिन अफ नेपाल बन्दमा प्रकाशित यो फोटो राससका लागि विजय रावलले खिचेका हुन् ।
४. कालिकोटको मान्म बजारको फोटो । जुन केही माथि डाँडाबाट खिच्दा देखिएको दृश्य हो । यो फोटो उत्तम शाहीले खिचेका हुन् ।
५. जाजरकोटको सदरमुकाम खलंगा बजार । रुटिन अफ नेपाल बन्दले पोस्ट गरेको यो फोटो प्रिन्स चन्दले खिचेका हुन् ।
६. डोल्पाको दुनै बजार । यो फोटो भाष्कर बस्नेतले खिचेका हुन् ।