जुम्ला : दसैँपछिको बाढी तथा पहिरोले कर्णालीमा नागरिकको समस्या उत्कृर्षमा पुगेको छ । पहिरोले राजमार्ग अवरुद्ध छ भने हवाई यातायात पूर्ण रुपमा ‘सिण्डिकेट’मय बनेको छ ।
बाटो बन्द हुँदा दसैँ मनाउन जुम्ला पुगेका जुम्ली जनताले आफ्नो कर्मथलो तर्फ फर्किन पाएका छैनन्। यसको फाइदा जहाजवालाले लिएका छन्। त्यो पनि ठूलाबडाको पहुँचमा छ।
सार्वसारणले त टिकट पाउन सकेका छैनन्। टिकट पाएनौँ भनेर भिड, कहिले जिल्ला प्रशासन कार्यालय अगाडि त कहिले जुम्ला एयरपोर्टको बाहिर लाग्ने गरेको छ।
केही भिड निजी एयरलाइन्सका स्टेसन म्यानेजरहरूको घरतिर लागेको पान्इछ। त्यही कारण कालोबजारी गर्ने सोचमा एयरलाइन्सका ऐजेन्टहरु लागे।
एकहप्ता अगाडिको कुरा हो। नेपालगञ्जबाट भरिभराउ यात्रु ल्याउँदा पनि एकतर्फ यात्रुमात्रै छन् भन्दै चार्टर्ड उडान गरेर जसको भाडा प्रतिव्यक्ति १४ हजारसम्म तिराएका छन् ।
जुम्लाका जनतालाई विमानको टिकट नपाएर सास्ती छ। प्लेन टिकटकै लागि एक हप्तादेखि विमानस्थल धाउँदै आएका माधव चौलागाईं भन्छन्, ‘यही गएको शुक्रबारसम्म खेलाडी र जाँच दिने विद्यार्थीलाई प्राथमिकता दिने भनेर प्रशासनले नाम लिष्ट बनायर प्लेन टिकट बाँड्ने जिम्मा लियो। तर, शनिबार यौटा पनि प्लेन आएन।’
आइतबार “समीट एअर” आयो। आफूजस्तै एक हप्तादेखि टिकटको पर्खाईमा रहेका यात्रुको कुनै वास्ता नगरी प्रशासनबाटै सरकारी गाडीले फटाफट आफ्ना यात्री ओसारेर पठाएको उनले बताए।
चौलागाईंका अनुसार विद्यार्थी बिरामी पठाउँछु भन्दै आदर्श गफ गर्ने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसारीले नै आइतबार आफ्नै परिवारलाई सुरक्षामाझ सुटुक्क पठाएका हुन्।
टिकट कुर्दै बसेका चौलागाईंले भने, ‘प्रहरी र सशस्त्र बलका प्रमुखले पनि आफ्ना मान्छे पठाउने गर्छन्। विगत १२ दिनदेखि जुम्लामा अड्किएर बसेका, दिनदिनै एअरपोर्ट र प्रशासन धाइरहेका ३ जना भारतीय पर्यटकले बोर्डिंग पास लिएर उड्ने प्रतीक्षामा रहेका फर्काइएका छन्।’
टिकट नपाएका यात्रु आक्रोश भएका यात्रुलाई भने पुलिसले दिनभर पटक पटक धरपकड गर्ने गरेको पीडितहरू बताउँछन्।
सुरक्षाकर्मीहरुले पनि सुरक्षा कडा गरेर एयरपोर्टभित्र टिकटको लागि जान नदिँदा समस्या परेका धेरै मारमा परेका छन्। उनीहरु अस्पतालबाट रेफर गरेका बिरामी, रोजगारीको लागी विदेश जाने नागरिकहरु हुन्।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले हिमा गाउँपालिका राहत पुर्याउन आएको नेपाली सेनाको हेलिकप्टरलाई अनुरोध गरी विद्यार्थी पठाइएको दाबी गरेका छन् ।
जुम्लाको लागि दैनिक एउटा मात्र जहाजको एउटा मात्र उडान भएको र त्यो उडानमा पनि ठूलाबडा आफ्ना आफन्त आसेपासेहरूले मात्र टिकट पाउने गरेको गुनासो छ ।