सुर्खेत : नेपालीका घरआँगनमा दसैँ सकिएर तिहारको चहलपहल सुरु भइसकेको छ । यो पर्वमा माला लगाउने चलन छ । यसबेला फूलको माग ह्वात्तै बढ्छ । पहिले दसैँ–तिहारको समयमा सबैका घर आँगनमा विभिन्न जातका फूल फूलेर ढकमक्क हुन्थे । तिहारमा अन्य पूजाआजा र सामाजिक संस्कारहरूका लागि फूल आफ्नै करेसाबारीमा तथा पर्याप्त हुन्थ्यो ।
तर पछिल्लो समय गाउँघरमा समेत फूल लगाउने चलन छुट्दै गएको छ । गाउँ छोड्दै सहरीकरण हुनेको संख्या बढेपछि गाउँघरका घरआँगनमा फुल्न छोडेको कतिपको बुझाई छ ।
घरआगनमा उत्पादित फुलभन्दा चाडपर्वमा बाहिरबाट आयात गरिएका मालाको प्रयोग बर्सेनी बढ्दो छ । केही वर्षयता स्थानीय स्तरमा हुने मखमली, सयपत्री, बामरी र गोदावरी जस्ता फूल लोप हुँदै गएका छन ।
तिहारका लागि आफ्नै आँगनमा फूल तयार हुनुपर्नेमा बजारका बेच्न झुन्ड्याइएका मालाको भर पर्नुपर्ने बाध्यता छ । यतिबेला तिहारका लागि रेडिमेट मालाहरू बजारमा सजाइएका छन । ति मालालाई ८० देखि तीनसय रूपैयाँसम्म पर्छ ।
वीरेन्द्रनगर बजारमा मात्रै तिहारको सिजनमा मालाको लाखौं रूपैयाँको कारोबार हुन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई माला लगाइदिने चलन छ । यो चाडमा माला अनिवार्यजस्तै मानिन्छ ।
विगतका वर्षहरूमा गाउँमै ढकमक्क फुलेका फूलबाट माला उनेर लगाउने केही वर्ष पहिलेसम्म सयपत्री, बामरी र किन्न पाइने भएपछि स्थानीय रूपमा हुने फूलको महत्व घट्दै गएको छ । स्थानीय फूलको भाग राम्रै भए पनि उत्पादन न्यून छ ।
जसले गर्दा कृत्रिम फूलबाट बनाइएका मालाको प्रयोग बढेको हो । स्थानीयस्तरमा उत्पादन हुने विभिन्न थरिका फूल संकटमा पर्दै गएको पुष्प व्यवसायीहरू बताउँछन ।
नजिकिँदो तिहारलाई लक्षित बजारमा प्लाष्टिकबाट थरिथरिका माला गरी बनेका भित्रिसकेका छन् । कर्णाली फूलमा आत्मनिर्भर छैन, वीरेन्द्रनगर –७ स्थित बस्नेत नर्सरी सञ्चालन गर्दै आएका नवराज बस्नेतले भने, ‘यहाँ मागअनुसारको फुल हुँदैन । अहिले घर आगनमा फल लगाउने चलन हराउँदै गएको छ ।’
कसैले यसलाई व्यवसायिक रुपमा पनि गर्ने गरेका छन् । माग धेरै हुँदा पु¥याउन सक्ने अवस्था छैन । कृषि विज्ञहरुका अनुसार कर्णालीका अधिकांश जिल्लाहरुमा फुलखेती गर्न सक्ने भनाई छ ।
नेपाली समाजमा फुलको प्रयोग हरेक संस्कारमा आवश्यक पर्छ । फुललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कमलताको प्रतिक तथा बाताबरणको संरक्षक मानिए पनि आयातित मालाले स्थानीय फुलहरु लोपोन्मुख अवस्थामा छन् ।
आयातित मालाले स्थानीय फलको महत्व भुलाइदिएको छ । बजारमा आफुलाई मन परेको माला रोजेर ल्याउन सहज हुने भएपछि पनि यस्ता मालामा आर्कषण बढेको सुर्खेतको पन्चपुरी नगरपालिका २ का कमल थापा बताउँछन् ।
‘बजारका आयातित माला रोजाइमा परेपनि स्थानीय जातका फुलको महत्व बुझ्नुपर्छ,’ उनले भने, ‘आफ्नै प्रदेशमा आफैले माला उत्पादन गर्न सक्छौँ जस्ले हाम्रो पैसा बाहिर जादैन । हामी फुलमा पनि आत्मनिर्भर बन्छौँ ।’
बजारमा पाइने मालाको बढ्दो मागसँगै स्थानीय फुलहरुको अस्तित्व संकटमा रहेको वीरेन्द्रनगर ६ कि बेञ्जु थापा बताउँछन् । ‘अहिले बजारमा हजारी फूलको माला बेच्न राखेपनि बिक्री हुँदैन । कृत्रिम फूलकै महनो माला खोज्ने गरिन्छ । व्यवसायीहरूले कृत्रिम माला मात्र होइन तिहारका बेला हरेक वर्ष भारतबाट सयपत्रीलगायतका फूल समेत आयात गर्दै आएका छन’, थापाले भनिन् ।
स्थानीय उत्पादन नहुँदा बाहिरबाटै खरिद गरेर बिक्री गर्ने गरिएको उनीहरू बताउँछन । वीरेन्द्रनगर बजारमा कृत्रिम मालाको व्यवसाय गर्दै आएका एक व्यवसायीले बजार क्षेत्रका बासिन्दाले मात्र नभइ गाउँबाट समेत फूल तथा कृत्रिम माला किन्न आउनेको संख्या ठूलो रहेको बताए ।
फूलका मालाको सट्टा कृत्रिम फूलबाट बनेका मालाहरू प्रयोग गर्ने क्रम बढ्दै गएका हुन् । गाउँघरमै प्रशस्त मात्रामा फूल नपाइनु तथा फूलको खेती समेत नगर्नुले कृत्रिम माला खोज्ने गरिएको व्यवसायिको बुझाई छ ।
स्थानीय जातका फूलको बजार राम्रो देखेपछि पछिल्लो समय एकतिपयले यसको व्यावसायिक खेती थालेका छन् । वीरेन्द्रनगर –८ खजुरामा हरिहर सिंह राठौरले खजुरामा ६ कट्ठा जमिनमा फूल खेती गरेका छन । उनले लगायको फुलको लागि दशै अघि देखि नै फुलखेती सुरु गरेका थिए । अहिले फुलहरुको लागि माग बढेको बताउँछन् ।
कर्णालीलाई फुलमा आत्मनिर्भर बनाउन र भारतीय बजार बिस्थापन गर्न आफुले फुलखेती व्यवसाय सुरु गरेको उनको भनाई छ । ६ कठ्ठा भाडामा लिएर फुल खेती गर्दै आएका छन् । दशै तीहार लक्षित मात्र नभएर आउँदो प्रदेश र प्रतिनिधि सभा चुनावको लागि समेत फुलको तयारी रहेको राठौर बताउँछन् ।
भाइटिका जस्तो पवित्र तिहारमा नबुझेकाले मात्र आयातित माला प्रयोग गर्ने गरेको राठौर बताउँछन् । भाइतिहारजस्तो पवित्र दिनमा पनि आयातित फुलको मालाले तिहारको महत्व दर्शाउँदैन,’उनले भने, ‘भाइतिहारको लागि उत्पादित फुलको माला नै पवित्र हो ।’