डोल्पामा पर्यटकीय क्षेत्रका प्रचुर सम्भावना बोकेका थुप्रै ठाउँहरु रहेका छन । प्रचार प्रसारको कमी सामान्य पर्यटकीय सेवा सुविधाको र अन्य थुपै कारणले गर्दा धेरैजसो गन्तव्य ओझेलमा परेका छन् ।
नेपालका ठुला हिमालमध्यको गांगचेंन मेरी रालवा, कान्जिरोवा हिमाल, डाफे हिमाल , सिज़्ज़ु हिमाल, टाँगटुङ्गे हिमाल, आम डोल्मा हिमाल समेत डोल्पामा पर्दछन् ।
लादाङ्ग नजिकै लगभग ५५०० मिटरको उचाईमा एउटा हिमाल छ । जस्को नाम आजसम्म नामकरण गरिएको थिएन । ४ हजार ७ सय मीटर उचाईमा रहेको जग्दुल्ला ताल ‘एक्सपोलर’ गर्न गएको जग्दुल्ला गाउँपालिकाबाट वडाध्यक्षहरुको टिम र टुङ्टुङ्ग पाट्नमा बस्ने स्थानियहरुसँग सल्लाह र सोधपुछ गरि रुकुमकी सिर्जना सिज्जुको नामबाट त्यस हिमालको नाम सिज्जु हिमाल राखेका छौ । र, त्यस हिमालको फेदि एउटा ताल पनि रहेको छ । जसको नाम लतांग ताल रहेको छ ।
अथाह पर्यटकीय क्षेत्र रहेको जिल्ला हुँदाहुदै पनि पर्यटकले चिन्न र अवलोकण गर्न भने पाएका छैनन । जग्दुल्ला गाउँपालिका माँझ गाउँबाट लगभग ४० किलोमिटर हिडे पछि जग्दुल्ला ताल र प्रेम ताल पुग्न सकिन्छ ।
जग्दुल्ला गाउँपालिकामा पर्ने ६ हजार मिटर भन्दा अग्ला आधा दर्जन हिमालले घेरिएको गोलो आकारको जगदुल्ला ताल र राक्षस दह अर्थात प्रेम ताल हाल तिर्थस्थलका रुपमा मात्रै चिनिने गरेको पाइन्छ ।
प्रेम ताल जुन हेर्दा पान अथवा प्रेम आकारको देखिने भएकोले यसलाई प्रेम ताल भनेर नामकरण गरिएको हो । नामकरण गर्ने समयमा सोलो ट्राभलर सिर्जना सीज़ु , म आफैँ साइकल यात्री भास्कर बस्नेत र जगदुल्लाको प्रचार प्रसार टीमका जगदुल्ला १ का वडा अध्यक्ष शेरबहादुर लामा, वडा नं. ६ का वडा अध्यक्ष हिमाल रोकाया र लाल चन्द्र मामाले गरेका छौ ।
हरेक कुराको सुरुवाति चरण निकै नै गार्हो हुनेगर्छ । कष्ट त्यत्तिकै व्यहोर्नुपर्छ । चुनौतिपुर्ण पनि हुन्छ । पहिलो पट्क त्यस ठाउँमा पुग्नु बाटो खोज्नु भिडियो खिच्नु फोटो खिच्नु लगायतका अनेक समस्याको सामाना गर्नु पर्यो । तर यात्रा सुरु गर्नु अगावै यी सबै कुरा हामी भोग्न तयार थियौं । निकै ठुलो चुनौतिका बीचमा पनि हामीले राम्रो प्रचार गर्न सफल भयौँ ।
सिर्जना सिज़्ज़ु युट्ब च्यानलमा राखेको जग्दुल्ला तालको भिडियो एकै पट्क ५ लाख जनाले हेरे र एकाएक भाइरल बन्यो । त्यस्तै समाजिक संजालमा फोटोहरु पनि २०० भन्दा धेरै सेयर भए यो भन्दा अगाडि पनि त्यस तालको प्रचार गर्न म आँफै रामचन्द्र बस्नेत (भाष्क)० साइकल लिएर पुगेको थिए ।
हामीले हाम्रो तर्फबाट डोल्पा जिल्ला मात्र नभई कर्णाली चिनाउन सक्दो प्रयास गरिरहेका छौं । तर यात्रा गर्नको लागि हौसला दिने साथ सहयोग गर्ने यात्रामा आवश्यक पर्ने सामानहरु जुटाउने यातायातदेखि लियर एउटा यात्रीलाई चाहिने आधारभूत आवश्यकतामा पनि खासै चासो नदिएको महसुश हुन्छ्।
तर यात्रा निरन्तर बढ्ने छ । हामी रोकिने छैनौँ । तपाईहरुको साथ सहयोग र माया यस्तै रहिरहोस । आजको दिनसम्म साथ सहयोग माया र हौसला प्रदान गर्नु हुने तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद ।