१६ चैत, सल्यान । दाङ–सल्यान–रुकुम जोड्ने राप्ती राजमार्ग जोखिममा पर्न थालेका छन्। स्थानीय तहले जथाभावी रूपमा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्ग क्षतिग्रस्त हुन थालेका छन्। राजमार्गमा जथाभावी सडक खोलिनु सार्वजनिक सडक ऐन २०३१ विरुद्ध हुने भए पनि स्थानीय तहले राजमार्ग नै मिचेर शाखा सडक बनाइरहेका छन्।
राजमार्गको प्रवाह नगरी खनिने शाखा सडकले कालोपत्रे फुट्नुका साथै खाल्टाखुल्टी पर्ने, नाली, पर्खालसमेत भत्किएका छन्। अन्धाधुन्ध रुपमा काटिने ग्रामीण सडकले दुर्घटनाको जोखिमसमेत बढाएको यातायात व्यवसायीहरुको भनाइ छ।
अनाधिकृत रुपमा खनिएका सहायक सडकले दुर्घटना बढाउने सम्भावना बढाएको यातायात व्यवसायी शिवराज गौतमले बताए। उनले भने, ुजथाभावी सडक काट्दा राजमार्ग साँघुरो भइरहेका छन्। सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटना पनि बढाएको छ ।
शाखा सडकका कारण राजमार्गको नालीमा अवरोध हुने, सडक बिग्रिने भत्किने गरी पहिरो तथा लेदो आउने, सडकको कालोपत्रे उप्किँदा खाल्टाखुल्टी पर्ने लगायत समस्या भइरहेको अर्का यातायात व्यवसायी टेक बहादुर वलीले बताए । शाखा सडक निमार्णले सडकमा क्षति हुँदा यातायात सञ्चालनमा समस्या हुने गरेको उनको भनाइ छ। उनले भने, ुशाखा सडक नखन्ने होइन तर मुख्य सडकलाई क्षति पुर्याएर काम नगरिदिए हुन्थ्यो।ु
सल्यानका १० स्थानीय तहमध्ये ६ वटा कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, सिद्ध कुमाख गाउँपालिका, शारदा र बागचौर नगरपालिकालाई छोएर राप्ती राजमार्ग बनेको छ।