काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा ३० वर्ष अघि देखि यो दिवसकाे अवसरमा उनले शुभकामना सन्देश दिए ।
राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपाङ्गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेकी हुन् ।
यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपाङ्गता भएका नागरिकहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गरेको उनले बताए ।
अपांगता भएका व्यक्तिको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्रसंघको अग्रसरतामा तीन दशकअघि प्रारम्भ गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत् अपांगता भएका नागरिकलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्ने सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देशमा भनिएको छ, “अपांगतासम्बन्धी व्यक्तिको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणसमेतमा रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले हामी सबैलाई अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु ।”