१६ चैत, सल्यान । सल्यानको कपुरकोटका एक कृषकले बंगुरपालनवाट राम्रो आम्दानी गर्दै आएका छन । बिगत ६ बर्षदेखी बंगुरपालन गर्दै आएका कपुरकोट गाउँपालिका वडा नम्बर ३ का भक्तबहादुर घर्तीले बंगुरपालनबाट बार्षिक ८ लाख रुपैँया आम्दानी भैरहेको जानकारी दिए ।
बंगुरको माग बढ्नुका साथै राम्रो मुल्य पाउन थालेपछि उनले २०७२ सालदेखि व्यवसायिक रुपमा बंगुरपालन ब्यबसाय सुरु गरेका थिए । बिगतमा जीविको पार्जनमा धेरै कठिनाई भएपनि हिजोआज बंगुरपालन ब्यवसायमा लागेपछि सहज बनेको उनको भनाई छ । उनका अनुसार सुरुवातमा २० हजार लगानी गरेर २ बंगुर पालिएको हो । अहिले डिग्रो, धरानी, पोख्रेली तथा स्थानीय जातका ९० वटा बंगुर छन् ।
तरकारी तथा फलफूल पसलबाट निस्केको सडेगलेको बस्तुलाई सदुपयोग गर्दै बंगुरलाई खुवाउने गरेको उनको भनाइ छ । ‘फोहर बढी गर्ने भएकाले पहिला बंगुरपालन गर्न कठिनाइ भएको थियो,’उनले भने, “ अहिले बानी परेको छु । सरसफाइका लागि पन्जा प्रयोग गर्दै आइरहेको छु ।’ बंगुरको पाठापाठी पाँच हजार सम्ममा बिक्री हुने गरेका छन् ।”
उनले भने, “ अझै व्यबसायलाई बिस्तार र ब्यबस्थित गर्ने सोच बनाइरहेको छु । ‘बंगुरको संख्या बढ्दै गएपछि होटलबाट निस्कने जुठो पिठोलाई पनि दानाको रूपमा प्रयोग गर्न थालेको छु ।’ तरकारी तथा फलफूल पसलबाट भन्दा बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको हो । ”
शुरुमा ब्यक्तिगत लगानीबाट व्यवसाय शुरु गर्नुभएका उनले पछि व्यवसायलाई थप व्यवस्थित गर्न साना किसान कृषि सहकारी संस्थाबाट १२ लाख रुपैँया मासुजन्य कर्जा लिएका थिए । करिब ३२ लाख रुपैँया कुल पुजीँ लगानी रहेको जानकारी दिए ।
सरकारीका सहायक प्रवन्धक जीत प्रसाद आचार्यले व्यवसायमा संलग्न भएर आत्मनिर्भर बन्नको लागि स्थानियलाई सहकारीले प्रोत्साहन गरिरहेको बताए । उनले मासुजन्य तथा दूधजन्य बस्तुहरु उत्पादन तथा वजारीकरणको लागि सहयोग गर्दै आएको बताए । अहिले ९ प्रतिशत व्याजदरमा ऋण प्रवाह गरिरहेको उनको भनाइ छ ।
जीत प्रसाद आचार्य - सल्यान