काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा परेको बहुआयामिक असरलाई राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक समीक्षाले समाधान गर्न नसक्ने गुनासो गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधि मण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएको हो।
चालू पूँजी मार्गदर्शन, २०७९ को कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने सुझाव दिएको महासंघले मौद्रिक नीति समिक्षामार्फत राष्ट्र बैंकले व्यवस्था गरेको वाणिज्य बैंक र विकास बैंकको औसत ब्याजदर अन्तर क्रमशः ४ प्रतिशत र ५.६ प्रतिशतको व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने बताएको छ ।
अहिले अर्थतन्त्रले नियामक निकायबाट दण्डात्मक नभइ प्रवर्द्धनात्मक सुधार माग गरिरहेको हुँदा यस विषयमा केन्द्रीय बैंक सकारात्मक हुने महासंघको विश्वास छ।
तरलता व्यवस्थापन एवम् ब्याजदर स्थायित्व हो। मौद्रिक नीति समिक्षामार्फत वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
यो व्यवस्थाले ब्याजदर बढ्नबाट रोक्ने सम्भावना बलियो देखिएकाले यसका लागि हामी केन्द्रीय बैंकलाई धन्यवाद दिन चाहन्छौं। यसको निर्देशिका चाडै आएर तत्काल कार्यान्वयन हुनुपर्छ।