तुलसीपुर: खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ ।
हिउदयाम सुरु भयो । अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो । उन त्यस्ता सिरोटो खप्ने बानी नै परिसकेका छन् । २०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो ।
त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ । उनले त्यो छाप्रोमा १६ वर्ष बताइसकेका छन् । जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उनले बताए । हजुरहरु केही चिन्ता नगर्नु बताएका छन् । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला ।
झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ । उनका दुई छोरा हुनुहन्छ तर, दुवै छोरा छुट्टै बस्नुहुन्छ । कहिलेकाहीँ जेठा छोराकामा गएर बस्ने गरेको भए पनि प्रायः त्यही छाप्रोमा उनको बास हुन्छ । त्यो छाप्रोलाई पनि उनले दुई तले बनाउनुभएको छ । तल खाना पकाउने र माथि सुत्ने बनाउनुभएको छ ।
उनकी श्रीमती बितेको पनि धेरै वर्ष भयो । उन अहिले त्यही छाप्रोमा एक्लै जीवन काट्न गाह्रोको भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने यो घरमा टिन उपलब्ध गराउने बताए । उनले अहिले त्यो घरबाट भित्र हावा छिर्ने र छिद्रा–छिद्रा परेकाले त्यसलाई पनि टालटुल पारिदिने बताए ।
वास पनि आधारभूत कुरा हो । हाम्रो पालिकाभित्रका कोही पनि नागरिक झुप्रोमा वास बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, हामी त्यो अभियानमै छौँ ।