दाङ : दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्नुहुन्छ, अनि पुग्नुहुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गरेको छन् ।
न त उनी बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गरेका छन् । यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो । तुलसीपुर बसपार्क फोहर थियो । अव्यवस्थित रुपमा फोहर फालिएको थियो ।
तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे । त्यसैले पनि उहाँले सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ । बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो। फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उहाँले काम थाल्नु भएको हो ।
केही डस्टबिन त्यहाँ राख्नुभयो र फोहर राख्न अनुरोध गरेका छन। “मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ ।यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो ।
तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुनुहुन्छ । विसं २०७७ फागुनदेखि उनले नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थाल्नुभएको हो । सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उहाँको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भो ।
६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ । त्यसपछि केही साथीहरु थपिनुभयो ।” बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भने । “पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ । हामीले सचेतना फैलाउने हो ।
विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत हुनुहुन्छ । अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आउनुभएको छ ।
पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उनीहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ ।” उहाँहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ ।