१८ चैत, सुर्खेत । चैत १२ गते रुकुम पश्चिमको बुकीबारी सामुदायिक वनमा आगलागी भयो । बाँफीकोट गाउँपालिका–१० वडामा लागेको आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कपिल शाहीका अनुसार रुकुममा हिजोआज दैनिक आगलागीका घटना हुँदै आएका छन् ।
चैत १३ गते सुर्खेतको सिम्ता गाउँपालिका वडा नं। २ को प्रगतिशील सामुदायिक वनमा आगलागी भयो। आगो निभाउन तिमल्सेनी गाउँको आमा समूह सक्रिय भयो।
आगो निभाउँदै गर्दा ४५ वर्षीया नैनसरा खत्री र चन्द्रकला सिंह गम्भीर घाइते भए। नैनकलाको आधा घण्टामै मृत्यु भयो। चन्द्रकलालाई तत्काल उपचारका लागि नेपालगञ्ज पुर्याइयो।
नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको छ। हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
यी प्रतिनिधि पात्र मात्रै हुन्। वनमा लागेको डढेलो निभाउन पुगेका नागरिकले वर्षेनी ज्यान गुमाउँदै आएका छन्। पछिल्लो ५ वर्षको अवधिमा वनको आगो निभाउन पुगेका २३ जनाको मृत्यु भएको छ।
तथ्यांकअनुसार मृत्यु हुनेमा दैलेखका एक, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत र जुम्लाका दुईरदुई जना, डोल्पाका तीन जना, सल्यानका पाँच जना र कालिकोटका ६ जना छन्। घटनामा परी ४६ जना घाइते हुँदा २८२ पशु चौपायाको मृत्यु भएको छ।
त्यस्तै पछिल्लो ५ वर्षको अवधिमा ८४९ ठाउँमा आगलागी भएको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०७३र०७४ मा २१४ वटा, ०७४र०७५ मा १९१ वटा, ०७५र०७६ मा २०८ वटा, ०७६र०७७ मा १६० वटा र चालू आर्थिक वर्षको ९ महिनामा ७६ ठाउँमा आगलागीका घटना भएका छन्।
पाँच वर्षको अवधिमा सुर्खेतका २०८, दैलेखका १००, कालिकोटमा ९२, जुम्लामा ३३, मुगुमा ४३, हुम्लामा ३८, डोल्पामा ४१, जाजरकोटमा १२३, सल्यानमा ५५ र रुकुमपश्चिममा ९७ ठाउँमा आगलागी भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी अर्जुन चन्द्रले जानकारी दिए। आगलागीबाट कुल १ अर्ब ७४ करोड ७८ लाख ८४ हजार बराबरको क्षति पुगेको छ।
वर्षेनी डढेलोबाट लाखौँको जनधनको क्षति भइरहँदा डिभिजन वन कार्यालयलहरुले भने डढेलो नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकेका छैनन्।
डढेलो नियन्त्रणका लागि उपभोक्तालाई तालिम, डढेलो नियन्त्रण गर्ने औजारहरुको बन्दोबस्तो गर्न सकिएको छैन। डिभिजन वन कार्यालयहरुले वर्षौँदेखि सचेतना, प्रचार–प्रसार जस्ता कर्मकाण्डी कार्यक्रम मात्रै गर्दै आएका छन्।
डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, स्थानीय तह, जनप्रतिनिध र सुरक्षा निकाय नै सचेत र सक्रिय हुनुपर्ने डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख ९डीएफओ० गोविन्दप्रसाद दाहाल बताउँछन्।
यो वर्ष भने पानी नपरेका कारण आगलागीका घटनाहरु वृद्धि भएको उनको तर्क छ। ‘हरेक वर्ष खडेरी मौसमा आगलागीका घटनाहरु हुन्छन्’ दाहाल भन्छन्, ‘तर यो वर्ष पानी नपरेका कारण देशैभर आगलागी बढेको छ।’
त्यस्तै डिभिजन वन कार्यालय सल्यानले पनि वन संरक्षण र डढेलो नियन्त्रमा उपभोक्ता नै सक्रिय हुनुपर्ने बताउँछ। ‘वन कार्यालयले आगलागी भएको खण्डमा नियन्त्रण गर्न सहयोग गर्छ तर हेरालु काम सक्दैन’ सल्यानका डीएफओ रमेशकुमार गिरी भन्छन्, ‘उपभोक्ता सक्रिय भएमात्रै वनलाई डढेलोबाट जोगाउन सकिन्छ।’
यद्यपी डिभिजन वनले वर्षेनी डढेलो नियन्त्रणका लागि तालिमहरु वितरण गर्दै आएको उनको दाबी छ। चालू आर्थिक वर्षमा पनि मार्के, खैराव र भोटेचौरमा स्थानमा उपभोक्ता समिति, जनप्रतिनिधि र सुरक्षा निकायलाई बृहत डढेलो नियन्त्रण सम्बन्धि तालिम दिएको गिरीले जनाए।
नेपाल समयबाट