सुदूरपश्चिम: प्रदेशसभा संसदीय दलको नेतामा एमालेका राजेन्द्रसिंह रावल, माओवादीका खगराज भट्ट, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, र नागरिक उन्मुक्ति पार्टीका रामश्वर चौधरी चयन भएका छन्।
कांग्रेसको संसदीय दलको नेता अझै चयन हुन सकेको छैन । कांग्रेसका प्रदेशसभा सदस्य बमले भने संसदीय दलको नेता चयन गर्नमा पार्टीको प्रदेश समिति चासो लिनुपर्ने हो । आजसम्म लिएको देखिँदैन ।” कांग्रेस संसदीय दलको नेताको आकाङ्क्षीमा प्रकाशबमबहादुरसिंह थापा, देवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर साह, र मेघराज खड्का देखिनुभएको चर्चा छ । प्रदेशसभाका सबै ३२ निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवार विजयी भएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका २१ सिटमध्ये तीन पुरुष र १८ महिला निर्वाचित भएका हुन् । निर्वाचित हुने प्रदेशसभामा खस आर्य समुदायका, ४३, दलित समुदायबाट तीन, थारुका पाँच, आदिवासी÷जनजाति समुदायबाट दुई जनाको प्रतिनिधित्व भएको छ ।
प्रदेशसभाको पहिलो कार्यकालमा दुई जनाको प्रतिनिधित्व रहेको कैलाली, कञ्चनपुरका आदिवासी रानाथारु समुदायको प्रतिनिधित्व दोस्रो कार्यकालमा शून्य भएको छ । प्रदेशसभाका सदस्यको पद तथा गोपनीयतको शपथग्रहण भइसकेको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ बमोजिम प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन्।
यसैबीच आइतबार बसेको सर्वदलीय बैठकले आउँदो माघ २ गतेभित्रमा प्रदेशसभाका सभामुखको निर्वाचन गरिसक्ने सहमति गरेको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको निर्वाचन माघ २ गतेभित्र गरिसक्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए ।